#भूकम्प

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीद्धारा भूकम्प प्रभावितलाई सहयोग गर्न आग्रह

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने
पोखरा, १९ कात्तिक/ जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले झण्डै १ सय ५० बढिको ज्यान गएको छ । थुप्रै घरहरु ध्वस्त भएका छन् । अधिकांश घर पूर्णरुपमा र केही घर आंशिक रुपमा क्षति भएपछि त्यहाँका नागरिक घरबारविहीन भएका छन् । यसैविच नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुका शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संघले आफु अन्तर्गत गण्डकी प्रदेशभरीका जिल्ला नगर उद्योग वाणिज्य संघहरु, उद्योगी, व्यवसायी लगायत व्यवसायीक संघसंस्थाहरुलाई राहत कार्यक्रममा सहयोग पुर्याउन… पुरा पढौ

पोखरा लेकसाइडको होटल ब्लुबेरीले भूकम्प पीडितका लागि सहयोग गर्ने

पोखरा लेकसाइडको होटल ब्लुबेरीले भूकम्प पीडितका लागि सहयोग गर्ने
पोखरा, १९ कात्तिक/ पोखराको लेकसाइडमा रहेको होटल व्लुबेरीले भूकम्प पिडितलाई सहयोग गर्ने भएको छ । होटलमा रहेको कोठा विक्रिबाट आउने १० देखी २५ प्रतिशत सम्मको एकमुष्ठ रकम सहयोग गर्ने सञ्चालक ज्ञानेन्द्र थापाले बताए । आज आइतबार देखी शनिबार सम्म एकहप्ता सम्म संकलन भएको रकमबाट सहयोग दिने उनले बताए । उनले एमआरआर र दारी ग्याङ ग्रुपका सदस्यले गरेको बुकिगंको २५ प्रतिशत र अन्यबाट १० प्रतिशत एकमुष्ठ अर्को आईतबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताए । जाजरकोट र पश्चिम रुकुममा… पुरा पढौ

पोखरा लेकसाइडको होटल सदनले भूकम्प पीडितलाई सहयोग गर्ने

होटल सदन
पोखरा, १९ कात्तिक/ पोखराको लेकसाइडमा रहेको होटल सदनले भूकम्प पिडितलाई सहयोग गर्ने भएको छ । होटलमा रहेको कोठा विक्रिबाट दुई दिनसम्म हरेक कोठाबाट २५० रुपैंयाका दरले हुन आउने रकम एकमुष्ठ सहयोग गर्ने होटल सदनका सञ्चालक विश्वदर्शन पराजुलीले जानकारी दिए । जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट भएको मानवीय तथा क्षतिमा केही न केही सहयोग गर्ने उद्देश्यले घोषणा गरेको बताए । होटलमा भएका २० कोठामध्ये शनिबार र आइतबार दुई दिन विक्री हुने हरेक कोठाबाट प्रतिकोठा २५० का दरले प्रधानमन्त्री दैवी प्रकोप… पुरा पढौ

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने
पोखरा, १८ कात्तिक/ बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका क्षेत्रका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्नस्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । भूकम्पले थुप्रैको ज्यान गएको र घरबारविहिन भएको परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने विज्ञप्तिमा उल्लेख छ । पुरा पढौ

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते
सुर्खेत, १८ कात्तिक/ जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको उनले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गा र सुर्खेतमा उपचार भईरहेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना… पुरा पढौ

पोखरामा मध्येरातमा भूकम्पको धक्का

भूकम्प
पोखरा, १८ कात्तिक/ पोखरामा शुक्रबार राति भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर ४७ मिनेट जादाँ भूकम्पको धम्का महशुस भएको हो । भूकम्पका कारण निद्रामा भएकाहरु पनि उठेर घर बाहिर निस्कीएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ । ६.४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पको महशुस नेपालीका विभिन्न ठाउँ र भारतमा पनि भएको छ । यस अगाडी कात्तिक ५ गते धादिङ केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो । बिहान ७… पुरा पढौ

धादिङमा केन्द्र विन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प, पोखरा र काठमाडौं पनि हल्लायो

भूकम्प
पोखरा/ धादिङ केन्द्र विन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, तनहुँ, चितवन, पोखरा र काठमाडौं लगायत क्षेत्रमा महसुस गरिएको थियो । पुरा पढौ

पोखरामा भूकम्पको धक्का

भूकम्प
पोखरा, ५ कात्तिक/ पोखरामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ । https://clickgandaki.com/2023/10/8627/ पुरा पढौ

बझाङ केन्द्रविन्दु बनाएर भूकम्प, केही घर भत्किए, केही घाइते

भूकम्प
धनगढी, १६ असोज/ बझाङ केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पले केही घर भत्किएका छन् भने केही घाइते भएका छन् । भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ । बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका छन् । बझाङमा सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई बझाङ जिल्ला अस्पतालमा लगिएको छ । अछाममा विद्यालयको भवनबाट हामफाल्दा एक विद्यार्थी घाइते भएका हुन् । विद्यार्थीको स्थानीय… पुरा पढौ

गोरखा केन्द्रविन्दु भएर भूकम्प

भूकम्प
गोरखा, २८ चैत/ गोरखाको बलुवालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङ, तनहुँ लगायतका जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षेतिको विवरण भने नआएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

This will close in 10 seconds