पोखरा लेकसाइडको होटल ब्लुबेरीले भूकम्प पीडितका लागि सहयोग गर्ने

-


     क्लिक गण्डकी     
     कार्तिक १९ गते २०८० मा प्रकाशित


पोखरा लेकसाइडको होटल ब्लुबेरीले भूकम्प पीडितका लागि सहयोग गर्ने

पोखरा लेकसाइडको होटल ब्लुबेरीले भूकम्प पीडितका लागि सहयोग गर्ने

पोखरा, १९ कात्तिक/ पोखराको लेकसाइडमा रहेको होटल व्लुबेरीले भूकम्प पिडितलाई सहयोग गर्ने भएको छ ।

होटलमा रहेको कोठा विक्रिबाट आउने १० देखी २५ प्रतिशत सम्मको एकमुष्ठ रकम सहयोग गर्ने सञ्चालक ज्ञानेन्द्र थापाले बताए । आज आइतबार देखी शनिबार सम्म एकहप्ता सम्म संकलन भएको रकमबाट सहयोग दिने उनले बताए ।

उनले एमआरआर र दारी ग्याङ ग्रुपका सदस्यले गरेको बुकिगंको २५ प्रतिशत र अन्यबाट १० प्रतिशत एकमुष्ठ अर्को आईतबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताए ।

जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट भएको मानवीय तथा क्षतिमा केही न केही सहयोग गर्ने उद्देश्यले सहयोग अभियान ल्याएको उनले बताए ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु बताएर कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो ।



Tags: ,