#भूकम्प

नेपालमा मध्यराति ६.६ म्याग्निच्यूडको भूकम्प, घर भत्किँदा ६ जनाको मृत्यु

भूकम्प
बझाङ, २३ कार्तिक/ डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू बनाएर भूकम्प गएको जनाएकोछ । पूर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जना उद्धार गर्न बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भोला भट्टले जानकारी दिए । ५ जना घाइते रहेका र तिनीहरूको उपचारका लागि अस्पताल… पुरा पढौ

नेपालमा मंगलबार भूकम्पको धक्का

भूकम्प
बझाङ, २२ कार्तिक/ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा भूकम्प लगत्तै सर्वसाधारण घरबाहिर निस्किएका थिए । पुरा पढौ

नेपालमामा ५.३ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, २१ साउन/ नेपालमा शनिबार विहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौंमा समेत महसुस भएको थियो । यसअघि साउन १५ गते बिहान ८ः१३ बजे खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । २०७२ सालमा गोरखा केन्द्रविन्दु बताएर भूक्म्प गएपछि बेला बेलामा पराकम्पनहरु गइरहे पनि पछिल्लो समय नयाँ कम्पनहरु भएका छन् । पुरा पढौ

खोटाङ केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प

भूकम्प
खोटाङ, १५ साउन/ खोटाङ केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का खोटाङ वरपरका जिल्ला सहित काठमाडौं उपत्यकामा पनि महशुस भएको हो । खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भइसकेको छैन । पुरा पढौ

सोमबार ४.७ रेक्टर स्केलको भूकम्प

भूकम्प
काठमाडौं, ९ साउन/ सोमबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछाप सहित काठमाडौंमा समेत महसुस गरिएको थियो । पुरा पढौ

पोखरामा ४ दशमलव ९ म्याग्नेच्यूटको भूकम्प

भूकम्प
पोखरा, ९ असार/ पोखरामा बिहीबार विहान भूकम्पको धक्का महशुस भएको छ । ४ दशमबल ९ म्याग्नेच्यूटको र्भूकम्प गएको रष्ट्रिय भूकम्प मापन तथा अनुशन्धन केन्द्रले जानकारी दिएको छ । कास्कीको धम्पुसलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो । विहान ३ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको महशुस पछि राती नै भएपछि मानिसहरु उठेर बाहिर निस्का थिए । भूकम्पको धक्का कास्की आसपासका अन्य जिल्लामा पनि महशुस भएको थियो । पुरा पढौ

पोखरामा भूकम्पको धक्का महशुस

भूकम्प
पोखरा, ९ असार/ पोखरामा बिहीबार विहान भूकम्पको धक्का महशुस भएको छ । विहान ३ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको महशुस पछि राती नै भएपनि मानिसहरु उठेर बाहिर निस्का थिए । पुरा पढौ