#भूकम्प

मुस्ताङमा ५.३ रेक्टरको भूकम्प

मुस्ताङमा ५ं३ रेक्टरको भूकम्प
पोखरा, २४ भदौ/ मुस्ताङमा ५ दशमलब ३ रेक्टरको भूकम्प गएको छ । गएराति ९ बजेर ५३ मिनेटमा मुस्ताङ केन्द्रविन्दु बनाएर ५ दशमलब ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट केही घरमा क्षति पुगेको छ भने गुम्बाको पर्खा पनि भत्किएको छ । पुरा पढौ

पोखरा आसपास भएर मध्येरातमा भूकम्पको महसुस

भूकम्प
पोखरा, ३ भदौ/ पोखरा आसपासको क्षेत्रमा भएर गएराती भूकम्पको धक्का महसुस गरिएको छ । पोखरादेखि करिब ३० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर मंगलबार राति ४ म्याग्निच्युडको भूकम्प गएको छ। युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले राति भूकम्प राति १ बजेर ४४ मिनेट जादा गएको हो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण कुनै ठूलो क्षति भएको जानकारी प्राप्त भएको छैन। भूकम्प धक्का गएपछि केही राति नै उठेका थिए । राष्ट्रिय भूकम्प मापन… पुरा पढौ

मनाङमा भूकम्पको धक्का

भूकम्प
पोखरा, २८ मंसिर/ हिमाली जिल्ला मनाङमा भूकम्पको धक्का गएको छ । आइतबार दिउँसो १२ः५४ बजे भूकम्पको धक्का मापन गरिएको हो । मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । मंसिर २३ गते दार्चुलाको कालापानी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पुरा पढौ

बागलुङ र रुकुमपूर्वको सिमा केन्द्रविन्दु भएर भूकम्पको धक्का

भूकम्प
पोखरा, १ असोज/ रुकुमपूर्व र बागलुङको सिमा केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । रूकुमपूर्व र बाग्लुङको सिमानामा पर्ने पातीहाल्ने केन्द्रबिन्दु भएर बेलुका ८ बजेर २५ मिनेट जदाँ ४ दशमलव ६ म्याीग्नच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न जिल्लामा महशुस गरेका थिए । पुरा पढौ

गोरखा, दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का

भूकम्प
पोखरा, १८ भदौ/ सिन्धुपाल्चोकमा मंगलबार मध्यराति र गोरखामा मंगलबार भूकम्प गएको छ । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो । दोलखाको लापिलाङ केन्द्रविन्दु भएर दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने गोरखामा मंगलबार बिहान ६ बजेर १५ मिनेटमा गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियोे । पुरा पढौ

म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु बनाएर भूकम्प

भूकम्प
पोखरा, २० साउन/ म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो । पुरा पढौ

नेपालमा बुधबार भूकम्पका तीन धक्का, कास्कीमा दुई पटक

भूकम्प
पोखरा, १४ जेठ/ बुधबार एकै दिन भूकम्पका तीन वटा धक्का महसुस भएको छ । बझाङ र कास्कीमा फरक–फरक समयमा गरी तीन वटा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीको फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ… पुरा पढौ

पोखराको शिशुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

भूकम्प
पोखरा, ६ जेठ/ पोखराको शिशुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको जनाएको छ । दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । यसअघि सोलुखुम्बुको छेस्काम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पुरा पढौ

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, २७ फागुन/ कास्कीको साइमाराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा भूकम्प गएको हो । ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पोखरा, पर्वत, तनहु लगाएतका ठाउँमा महशुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रापरेकाहरु उठाएको छ । भूकम्प पछि कतिपय घरबाहिर निस्केका थिए । यसअघि यस क्षेत्रमा फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र फागुन २३ गते म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको… पुरा पढौ

सिन्धुपाल्चोकमा भूकम्पः काठमाडौं, पोखरा लगाएतका शहरमा धक्का, कैदीको हात भाँचियो

भूकम्प
पोखरा, १६ फागुन/ सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु बनाए गएराति ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति २ बजे ५१ मिनेटमा गएका भूकम्पको महशुस काठमाडौं, पोखरा लगाएतका शहरहरुमा पनि गरिएको थियो । भूकम्प मानवीय र ठूलो भौतिक क्षति केही नभएको प्रहरीले जानकारी दिएको छ । आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिका वडा नम्बर ३… पुरा पढौ

This will close in 10 seconds