
मुस्ताङमा ५ं३ रेक्टरको भूकम्प
पोखरा, २४ भदौ/ मुस्ताङमा ५ दशमलब ३ रेक्टरको भूकम्प गएको छ ।
गएराति ९ बजेर ५३ मिनेटमा मुस्ताङ केन्द्रविन्दु बनाएर ५ दशमलब ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पबाट केही घरमा क्षति पुगेको छ भने गुम्बाको पर्खा पनि भत्किएको छ ।





