मनाङमा भूकम्पको धक्का

-


     क्लिक गण्डकी     
     मंसिर २९ गते २०८२ मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा, २८ मंसिर/ हिमाली जिल्ला मनाङमा भूकम्पको धक्का गएको छ ।

आइतबार दिउँसो १२ः५४ बजे भूकम्पको धक्का मापन गरिएको हो । मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

मंसिर २३ गते दार्चुलाको कालापानी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।



Tags: