भूकम्प
गोरखा, २८ चैत/ गोरखाको बलुवालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का गोरखा, लमजुङ, तनहुँ लगायतका जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षेतिको विवरण भने नआएको प्रहरीले जानकारी दिएको छ ।