पोखरा लेकसाइडको होटल सदनले भूकम्प पीडितलाई सहयोग गर्ने

-


     क्लिक गण्डकी     
     कार्तिक १९ गते २०८० मा प्रकाशित


होटल सदन

होटल सदन

पोखरा, १९ कात्तिक/ पोखराको लेकसाइडमा रहेको होटल सदनले भूकम्प पिडितलाई सहयोग गर्ने भएको छ ।

होटलमा रहेको कोठा विक्रिबाट दुई दिनसम्म हरेक कोठाबाट २५० रुपैंयाका दरले हुन आउने रकम एकमुष्ठ सहयोग गर्ने होटल सदनका सञ्चालक विश्वदर्शन पराजुलीले जानकारी दिए ।

जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट भएको मानवीय तथा क्षतिमा केही न केही सहयोग गर्ने उद्देश्यले घोषणा गरेको बताए ।

होटलमा भएका २० कोठामध्ये शनिबार र आइतबार दुई दिन विक्री हुने हरेक कोठाबाट प्रतिकोठा २५० का दरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दाखिला हुने उनले बताए ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु बताएर कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो ।



Tags: ,