#दुर्घटना

गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते

गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते
गोरखा, २९ फागुन/ गोरखाको बिसौनी मोडमा दुध बोक्ने ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । गोरखा बसपार्कबाट हरमटारीचोक तर्फ जाँदै गरेको प्रदेश न३०१००३क ६१७० नम्बरको ट्रक अनियनिन्त्र भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने बताए । ट्रक अनियन्त्रित हुँदा बिपरित दिशा तर्फ आईरहेको मोटर साईकल चालक र बिसौनीमोडमा चटपट खाईरहेका एक व्यक्ति सहित ७ घाईते भएका छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भईरहेको उनले बताए ।… पुरा पढौ

पोखरा आउदै गरेको बस लेखनाथमा दुर्घटना, ५३ जना घाइते (घाइतेको नाम सहित)

पोखरा आउदै गरेको बस लेखनाथमा दुर्घटना, ५३ जना घाइते घाइतेको नाम सहित
पोखरा, ७ फागुन/ पोखरा महागनरपालिका २७ लेखनथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ५३ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल र मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए । बसमा अधिकांश पोखरा विश्वविद्यायलबाट फर्किदै गरेका विद्यार्थी रहेका छन् । बस करिब… पुरा पढौ

पोखरा आउदै गरेको बस लेखनाथमा दुर्घटना, ४२ जना घाइते, केहीको अवस्था गम्भीर

पोखराको लेखनाथमा बस खोलामा खस्यो
पोखरा, ७ फागुन/ पोखरा महागनरपालिका २६ लेखनथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए । ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएको केसीको भनाई छ । बस प्रहरी चौकी नजिकै रहेको खोलामा खसेको थियो । प्रहरी नजिकै भएका… पुरा पढौ

पर्वतमा दुर्घटना हुँदा चालकको मृत्यु

दुर्घटना
पर्वत, १ फागुन/ पर्वतमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामो ध १ ज ११२३ नम्बरको इको भ्यान दुर्घटना ४० वर्षीय बालकृष्ण पौडेल उपाध्यायको मृत्यु भएको हो । आइतबार साँझ भएको दुर्घटनापछि पौडेललाई उपचारका पर्वत अस्पतालमा उपचारकै क्रममा आइतबार बेलुकी नै उनको मृत्यु भएको हो । घटनामा अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना विक उपचारपश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखराको महेन्द्रपुलमा कार दुर्घटना, तीन जना घाइते, दुईको अवस्था गम्भीर

पोखराको महेन्द्रपुलमा कार दुर्घटना, तीन जना घाइते, दुईको अवस्था गम्भीर
पोखरा, २९ माघ/ पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा कारचालक सहित ३ जना पैदलयात्रु घाइते भएका छन् । दुर्घटनापरि कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा घाइते छन् । कारको ठक्करले २ पैदलयात्रु घाइते भएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिकाकी वर्ष ५२ की कुलमाया बिक र उनका १८ वर्षीय छोरा विष्णु बिक घाइते छन् । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचार भइरहेको प्रहरीको भनाई छ । २ जनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बा १३… पुरा पढौ

पोखरामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु

दुर्घटना
पोखरा, ११ माघ/ पोखरा महानगरपालिका ३३ चवादी स्थित भित्री कच्ची सडकमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पोखरा ३३ को चौगादीबाट सुरौदी तर्फ जादै गरेको ग १ त ६६६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टदा ट्याक्टरमा सवार सोही ठाँउका ६३ बर्षिय नलप्रसाद लामिछानेको मृत्यु भएको छ । पल्टिएको ट्याक्टरले च्याप्पिएर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । घाइते लामिछानेको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा… पुरा पढौ

स्कुटरलाई सवारी साधनले ठक्कर दिदा तीन युवाको मृत्यु

दुर्घटना
हेटौडा, २९ पुस/ पूर्व पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका–९ भलादमी चोक नजिक दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो । स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन… पुरा पढौ

तनहुँमा दुर्घटना पोखराकी टीकादेवीको मृत्यु, लिलादेवी गम्भीर घाइते

दुर्घटना
तनहुँ, १८ पुस/ तनहुँमा आइतबार सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमाराकी ६० वर्षीया टीकादेवी चापागाईं रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी टीकादेवीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यस्तै, गम्भीर घाइते भएकी बागमाराकै ३३ वर्षीया लीलादेवी नेपालीको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीको भनाई छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका… पुरा पढौ

काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्कीका दुईजनाको मृत्यु

दुर्घटना
पोखरा, २३ कार्तिक/ काठमाडौं वसुन्धरामा बुधबार ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ४७ वर्षीय बेलबहादुर रानामगर र कास्कीकै ४१ वर्षीया कल्पना रानामगर रहेको प्रहरीले जानकारी दिएको छ । नारायण गोपाल चोकबाट वसुन्धरातर्फको सडकमा ना ८ ख १८४१ नम्बरको ट्रक र बा प्र २—०३२ प २२२७ नम्बरको स्कुटर ठोक्किएका थिए । प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ । पुरा पढौ

पोखरामा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना
पोखरा, २० असोज/ पोखरामा बुधबार राति सवारी दुर्घटामा परेर एक जनाको मृत्यु भएको छ । पोखरा १३ भद्रकाली बस्ने २९ बर्षिय विशाल नेपाली बुधकार राति ८ बजे भएको दुर्घटनामा परी मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरुी नायव उपरीक्षक सुन्दरकुमार तिवारीले जानकारी दिए । ग ७ प २५९२ नम्बरको मोटरसाईकल पोखराको दीपमा दुर्घटना नेपालीको मृत्यु भएको तिवारीले जानकारी दिए । दुर्घटनाको विषयमा अनुसन्धान भइहरेको उनको भनाई छ । पुरा पढौ