स्कुटरलाई सवारी साधनले ठक्कर दिदा तीन युवाको मृत्यु

-


     क्लिक गण्डकी     
     पौष २९ गते २०७९ मा प्रकाशित


दुर्घटना

दुर्घटना

हेटौडा, २९ पुस/ पूर्व पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका–९ भलादमी चोक नजिक दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ ।

बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो ।

स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन नसको उनको भनाई छ । ठक्कर दिने सवारी साधनको खोजी भैरहेको प्रहरीको भनाई छ ।



Tags: