
दुर्घटना
पर्वत, १ फागुन/ पर्वतमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामो ध १ ज ११२३ नम्बरको इको भ्यान दुर्घटना ४० वर्षीय बालकृष्ण पौडेल उपाध्यायको मृत्यु भएको हो ।
आइतबार साँझ भएको दुर्घटनापछि पौडेललाई उपचारका पर्वत अस्पतालमा उपचारकै क्रममा आइतबार बेलुकी नै उनको मृत्यु भएको हो ।
घटनामा अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना विक उपचारपश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।





