काठमाडौं, १९ चैत/ काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा अर्घाखाँची छत्रदेव गाउँपालिका–५ घर भई चन्द्रागिरि नगरपालिका–१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी शाखा अधिकृत हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए । सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै…
पुरा पढौ