
दुर्घटना
गोरखा, १७ चैत/ गोरखामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका १ को निबेलमा भएको दुर्घटनामा सप्तरीका लक्ष्मीकान्त चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भे६प ७४३ नम्बरको मोटरसाइकल घ्याम्पेशालबाट निबेल तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका थियो । चौधरीको शवलाई गोरखा अस्पतालमा पोर्टमार्टका लागि राखिएको प्रहरीले जानकारी दिएको छ ।





