पोखराबाट पर्वत जार्दै गरेको बस ठोकियो

-


     क्लिक गण्डकी     
     चैत्र २ गते २०७९ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पर्वत, २ चैत/ पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ८ चुवामा बस दुर्घटना भएको छ । पर्वत देखि डिमुवा जादै गरेको बस र पोखरा देखि कुश्मा आउँदै गरेको बस ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ५ जनालाई पर्वत अस्पतालमा पठाइएको र बाँकीको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।



Tags: