
दुर्घटना फाइल तस्बिर
पोखरा, ४ जेठ/ पोखरा २२ पुम्दिभुम्दिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ हेम्जाका ४६ बर्षिय तुल्सी प्रसाद त्रिपाठी रहेका छन् ।
दुर्घटनामा परि घाइते भएका त्रिपाठीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । पोखरा २२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२८७ नम्बरको नगर बस र ग २३ प ३६८६ नम्बरको स्कुटर ठक्कर खाएका थिए ।
सोही स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका २२ बर्षिय शिशिर त्रिपाठी घाईते भएका छन् । उनको पोखराको गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ ।
उनको टाउको र दुबै खुट्टामा चोट लागेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक नेत्र बहादुर कुवँरको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।





