
दुर्घटना
पोखरा, ९ जेठ/ पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ काठमाडौंका सफल खतिवडाको मृत्यु भएको छ ।
सोमबार राति करिब १ बजे पोखरा महानगरपालिका ६ हल्नचोकबाट गैहाको चौतारा तर्फ जादै गर्दा खहरेचोकमा विजुलीको पोलमा ठोकिएर दुर्घटना भएको हो ।
ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ बर्षिय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नंम्बर ४ थर्पुका १७ बर्षिय संगम बानियाँ घाइते भएका छन् । उनको टाउको र घाटीमा चोट लागेको छ । उनको पोखराको मेट्रोसिटी अस्पताल उपचार भइरहेको छ ।





