
दुर्घटना
पोखरा, २२ जेठ/ म्याग्दीको बेनीबाट पोखरा आउदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।
सोमवार दिउँसो बेनीबाट पोखराका लागि छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुश्मा नजिकै दुर्घटना भएको हो ।
बसमा अन्दाजी २३ जना रहेकामा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारुी दिएको छ । घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य चार जना घाइतेलाई थप उपचारका लागि पोखरा ल्याएको छ ।





