गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते

-


     क्लिक गण्डकी     
     फागुन २९ गते २०७९ मा प्रकाशित


गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते

गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते

गोरखा, २९ फागुन/ गोरखाको बिसौनी मोडमा दुध बोक्ने ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

गोरखा बसपार्कबाट हरमटारीचोक तर्फ जाँदै गरेको प्रदेश न३०१००३क ६१७० नम्बरको ट्रक अनियनिन्त्र भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने बताए ।

ट्रक अनियन्त्रित हुँदा बिपरित दिशा तर्फ आईरहेको मोटर साईकल चालक र बिसौनीमोडमा चटपट खाईरहेका एक व्यक्ति सहित ७ घाईते भएका छन् ।

घाइतेको गोरखा अस्पतालमा उपचार भईरहेको उनले बताए । मृतको सनाखत हुन नसकेको उनले बताए ।



Tags: