
पोखराको महेन्द्रपुलमा कार दुर्घटना, तीन जना घाइते, दुईको अवस्था गम्भीर
पोखरा, २९ माघ/ पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा कारचालक सहित ३ जना पैदलयात्रु घाइते भएका छन् । दुर्घटनापरि कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा घाइते छन् ।
कारको ठक्करले २ पैदलयात्रु घाइते भएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिकाकी वर्ष ५२ की कुलमाया बिक र उनका १८ वर्षीय छोरा विष्णु बिक घाइते छन् । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचार भइरहेको प्रहरीको भनाई छ । २ जनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बा १३ च २६६२ नम्बरको निजीकार पार्किङबाट ब्याक गरेर निकाल्नेक्रममा महेन्द्रपुलको दक्षिणतर्पmको रेलिङमा ठोक्किर दुर्घटनामा परेको थियो । कारको अगाडि भागले महेन्द्र पुलको रेलिङ भत्काएर केही भाग पुल बाहिर पुगेको थियो ।





