
दुर्घटना
तनहुँ, १८ पुस/ तनहुँमा आइतबार सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमाराकी ६० वर्षीया टीकादेवी चापागाईं रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी टीकादेवीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, गम्भीर घाइते भएकी बागमाराकै ३३ वर्षीया लीलादेवी नेपालीको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीको भनाई छ ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ हलेदीमा ग२क ६२१९ नम्बरको ट्रिपरले टीकादेवी र लीलादेवी सवार ग१९प ५६५९ नम्बरको स्कूटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
टिपर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





