#दुर्घटना

पोखराको बुलौदीमा दुर्घटना

पोखराको बुलौदीमा दुर्घटना
पोखरा, १३ जेठ/ पोखराको बुलौदीमा शनिबार विहान दुर्घटना भएको छ । ग८प १३९७ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोकिएर दुर्घटनामा परेको छ । मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । उनको मेट्रोसिटि हस्पिटलमा उपचार भइरहेको छ । उनको टाउकामा चोट लागेको छ । बुलौदीको सो पोलमा बेलामा बेलामा ठोकिएर दुर्घटना हुने गरेका छन् । स्थानीयले सो पोल सार्न विद्युत प्राधिकारणमा अनुरोध गरेपनि प्राधिकरणका कर्मचारी सार्ने काम भने गरेका छैनन् । पुरा पढौ

पोखराको लेकसाइडमा दुर्घटना, एक जनाको मृत्यु

दुर्घटना
पोखरा, ९ जेठ/ पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ काठमाडौंका सफल खतिवडाको मृत्यु भएको छ । सोमबार राति करिब १ बजे पोखरा महानगरपालिका ६ हल्नचोकबाट गैहाको चौतारा तर्फ जादै गर्दा खहरेचोकमा विजुलीको पोलमा ठोकिएर दुर्घटना भएको हो । ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ बर्षिय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नंम्बर ४ थर्पुका १७ बर्षिय संगम बानियाँ घाइते भएका छन् । उनको टाउको… पुरा पढौ

पोखराको पुम्दिभुम्दिमा सवारी दुर्घटना, हेम्जाका त्रिपाठीको निधन

दुर्घटना
पोखरा, ४ जेठ/ पोखरा २२ पुम्दिभुम्दिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ हेम्जाका ४६ बर्षिय तुल्सी प्रसाद त्रिपाठी रहेका छन् । दुर्घटनामा परि घाइते भएका त्रिपाठीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । पोखरा २२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२८७ नम्बरको नगर बस र ग २३ प ३६८६ नम्बरको स्कुटर ठक्कर खाएका थिए । सोही स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका २२ बर्षिय शिशिर त्रिपाठी घाईते… पुरा पढौ

पोखराको लेकसाइड र जिरो किलोमिटरमा दुर्घटना

पोखराको लेकसाइड र जिरो किलोमिटरमा दुर्घटना
पोखरा, ११ बैशाख/ पोखराको लेकसाइड र जिरोकिलोमिटरमा आइतबार राती दुर्घटना भएको छ । आइतबार राती करिब ९ बजे पोखरा महानगरपालिका ५ जिरो किमि नजिक ग १ क ५७१६ नम्बरको आईचर गाडीले बिजुलीको पोलमा ठक्कर दिंई दुर्घटना भएको हो । गाडीले बिद्युतको पोलमा भाचेका छ भने गाडीमा क्षती भएको प्रहरीले जानकारी दिएको छ । गाडी ठक्कर पछि करिब १ घण्टा विद्युत अवरुद्ध भएको थियो । गाडी प्रस्याङ ट्राफिकको नियन्त्रणमा छ । दुर्घटना हुँदा चलाउने चालक जिल्ला सर्लाही बरथहवा बस्ने बर्ष ४०… पुरा पढौ

बल्खुमा ट्रकको ठक्करबाट अध्यागमनका अधिकृत पाण्डेको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो
काठमाडौं, १९ चैत/ काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा अर्घाखाँची छत्रदेव गाउँपालिका–५ घर भई चन्द्रागिरि नगरपालिका–१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी शाखा अधिकृत हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए । सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै… पुरा पढौ

गोरखामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना
गोरखा, १७ चैत/ गोरखामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका १ को निबेलमा भएको दुर्घटनामा सप्तरीका लक्ष्मीकान्त चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भे६प ७४३ नम्बरको मोटरसाइकल घ्याम्पेशालबाट निबेल तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका थियो । चौधरीको शवलाई गोरखा अस्पतालमा पोर्टमार्टका लागि राखिएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखरामा नगरबसले ठक्कर दिदा युवतीको मृत्यु

दुर्घटना
पोखरा, ३ चैत/ पोखराको चिप्लेढुंगामा शुक्रबार बिहान नगरबसको ठक्करले एक युवतीको मृत्यु भएको छ । चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका ४ घर भई पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । कार्कीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बस चलाकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखेको छ । पुरा पढौ

पोखराबाट पर्वत जार्दै गरेको बस ठोकियो

दुर्घटना
पर्वत, २ चैत/ पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ८ चुवामा बस दुर्घटना भएको छ । पर्वत देखि डिमुवा जादै गरेको बस र पोखरा देखि कुश्मा आउँदै गरेको बस ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ५ जनालाई पर्वत अस्पतालमा पठाइएको र बाँकीको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनाका घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । पुरा पढौ

पोखराको लेकसाइडमा दुर्घटना

दुर्घटना
पोखरा, २९ फागुन/ पोखरा महानगरपालिका ६ लेकसाइडको डिहिकोपाटनमा दुर्घटना भएको छ । ग२०प ४२०५ को मोटरसाइकल र ग२३प ३२२९ नम्बरको स्कुटर दुर्घटनाहुदाँ दुई जना घाइते भएका छन् । दुई जना मध्ये एक जना गम्भीर घाइते छन् । उनको मेट्रो सिटि अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ भने एउटा हात भाचिएको छ । उनी बारेमा सबै कुरा खुलिनसकेको प्रहरीले जनाएको छ । पुरा पढौ

गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते

गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते
गोरखा, २९ फागुन/ गोरखाको बिसौनी मोडमा दुध बोक्ने ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । गोरखा बसपार्कबाट हरमटारीचोक तर्फ जाँदै गरेको प्रदेश न३०१००३क ६१७० नम्बरको ट्रक अनियनिन्त्र भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने बताए । ट्रक अनियन्त्रित हुँदा बिपरित दिशा तर्फ आईरहेको मोटर साईकल चालक र बिसौनीमोडमा चटपट खाईरहेका एक व्यक्ति सहित ७ घाईते भएका छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भईरहेको उनले बताए ।… पुरा पढौ