#पोखरा महानगरपालिका

पोखराका मेयर धनराज आचार्यको सम्पती ४३ करोड ६१ लाख

धनराज आचार्य
पोखरा, ५ साउन/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक पोखरा महानगरपालिको वेबसाइट मार्फत सार्वजनीक गरेका छन् । मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार… पुरा पढौ

पोखरा महानगरमा एक वर्षमा चिया खाजामा साढे २ करोड खर्च

पोखरा महानगरपालिका
पोखरा, ४ साउन/ पोखरा महानगरपालिकामा एक वर्षमा चिया खाजामा साढे २ करोडको खर्च भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार चिया, खाना, खाजा तथा विविध खर्च शीर्षकमा २ करोड ४० लाख १५ हजार भुक्तानी भएको देखीएको छ । खर्चको विल मात्रै आएको र खर्च केमा भएको भन्ने नखुलेको भन्दै महालेखा परीक्षकले यस्तो खर्चमा मितव्ययिता अपनाउन भनेको छ । यस्तै, अनुगमन तथा भ्रमण खर्च समेत अनियमित रूपमा प्रयोग गरेको पाइएको छ । भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि त्यसको अभिलेख… पुरा पढौ

शौचालयका लागि पोखरा महानगरको आह्वान, ईच्छुकलाई महानगरमा सम्पर्क गर्न आग्रह

शौचालयका लागि पोखरा महानगरको आह्वान
पोखरा, ३ साउन/ पोखरा महानगरपालिकाले बैंक वित्तीय संस्था, होटल, रेष्टुरेन्ट, ईच्छुक व्यक्ति लगायतलाई सहरी क्षेत्रमा सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन सार्वजतिक आह्वान गरेको छ । शौचालय सवंसाधारणहरुलाई प्रयोग गर्नदिन महानगरले आह्वान गरेको हो । महानगरले शौचालय उपयोग गर्न दिनेहरुलाई महानगरबाट उपलब्ध हुने सेवा, सुविधामा प्राथमिकता दिने नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ । शौचालयामा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता दिने सोमबार जारी विज्ञप्तीमा उल्लेख छ । शौचालयमा पहिचानयुक्त लोगो वा संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको… पुरा पढौ

पोखरा महानगपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा बनाइएका २६ छाप्रा हटाइयो

पोखरा महानगपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा बनाइएका २६ छाप्रा हटाइयो
पोखरा, २ असार/ पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए । मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएको उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा… पुरा पढौ

पोखरा महानगरपालिकामा मृत्यु भएकालाई ११ लाख ६० भत्ता

पोखरा महानगरपालिका
पोखरा, १ साउन/ पोखरा महानगरपालिकाले मृत्यु भइसकेका जेष्ठनागरीकलाई सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको उनन्साठी औ प्रतिबेदन ११ लाख ६० हजार निकासा गरेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिबेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत मृत्यु भइसकेका पोखरा महानगरपालिकाका १० वटा वडामा निकासा गरेको उल्लेख गरेको छ । सामाजिक सुरुक्षा कार्यविधि २०७७ को दफा १५ (२) २ मा भत्ता खाइपाई आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिई बाँकी रकम फिर्ता गरी… पुरा पढौ

विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइनः मेयर आचार्य

विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइनः मेयर आचार्य
पोखरा, ३२ असार /पोखरा महानगरका मेयर धनराज आचार्यले विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय नरहेको बताएका छन् । शनिबार विहान कालीगण्डकी–पोखरा (लेखाना) १३२ कभी प्रशारण लाइनबाट ६ सय मिटर भूमिगत केवल तथा विरौटा सवस्टेसन निर्माण आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदन सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अधिकांस विकास निर्माणका परियोजना अगाडि बढाउँदा निर्माण गर्ने पक्ष र स्थानीय बीच द्धन्द्ध हुनेगरेको चर्चा गर्दै दुबैपक्ष इमान्दार बन्नुपर्ने धारण राखे । ‘निर्माण गर्ने पक्षले पनि के… पुरा पढौ

पोखरा महानगरपालिकाले साउन पहिलो साता राजश्व असूली नगर्ने

पोखरा महानगरपालिका
पोखरा, ३२ असार/ पोखरा महानगरपालिकाले साउन पहिलो साता राजश्व असूली नगर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐन, २०७९ सफ्टवयर सिस्टममा प्रविष्टी गर्ने कार्य भैरहेकोले राजश्व असूली नगर्ने भएको हो । साउनको १ गते आइतबार देखी साउनको ६ गते सम्म राजश्व असूली सम्बन्धी कार्य बन्द रहने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले विज्ञप्ती जारी गरेका छन् । साउन ७ गते शनिबार भएका कारण विदा छ भने ८ गते आइतबारबाट मात्रै राजश्वको काम हुनेछ । पुरा पढौ

कृषि पेशा र कृषक दुबै सम्मानित नभए देश समृद्ध बन्दैनः मेयर आचार्य

कृषि पेशा र कृषक दुबै सम्मानित नभए देश समृद्ध बन्दैनः मेयर आचार्य
पोखरा, २९ असार/ पोखरा महानगरले १५ वटा कृषि समूहलाई सम्मान गरेको छ । महानगरको कृषि महाशाखाले मंगलबार पोखरा २१ मा आयोजना गरेको सुन्तला बगैंचा व्यवस्थापन प्रोत्साहन सहयोग, पावर स्प्रे, किसान परिचय पत्र वितरण तथा सक्रिय कृषक संस्था सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले प्रमाणपत्र र प्रोत्साहन स्वरुप नगद प्रदान गरेर कृषक समूहलाई सम्मान गरेका हुन् । कृषक समूह सम्मान गर्दै मेयर आचार्यले कृषक र कृषि पेशा सम्मानित नहुँदासम्म मुलुक समृद्ध बन्न नसक्ने बताए… पुरा पढौ

पोखरामा करको दर घटाएर दायर बढायो – मेयर आचार्य

पोखरामा करको दर घटाएर दायर बढायो – मेयर आचार्य
पोखरा, २७ असार/ पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महानगरले आर्थिक वर्ष ०७९/८० करका दरहरु घटाएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले नगरसभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापन लगायतमा करको दर घटाएको बताए । अघिल्लो पटकभन्दा करिब साढे २ अर्ब बजेट बढी ल्याए पनि महानगरले करको दर घटाएको उनको भनाई छ । करको दर घटाएर दायर बढाएको उनले बताए । पोखराका मेयर आचार्यले सम्पत्ति, व्यवसाय तथा घरबहालको कर घटाएपनि… पुरा पढौ

पोखरा महानगरपालिकाको ६१ प्रतिशत खर्च

पोखरा महानगरपालिका
पोखरा, २७ असार/ चालु आर्थिक वर्ष २०७८/७९ मा पोखरा महानगरपालिकाले ६१ प्रतिशत खर्च गरेको छ । पोखरा महागनरपालिकाको तथ्यांकअनुसार असार महिनाको तेस्रो साता सम्म ६१ प्रतिशत बढि खर्च भएको हो । तेस्रो साता सम्म ३ अर्व ९४ करोड खर्च भएको पोखरा महानगरपालिका आर्थिक प्रशासन प्रमुख उपसचिब जयराम पौडेलले जानकारी दिए । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको । सुरुवाती विनियोजनका आधारमा हेर्दा हालसम्म चालुतर्फ २ अर्ब ३१ करोड ३९… पुरा पढौ