पोखरा महानगरपालिकाले साउन पहिलो साता राजश्व असूली नगर्ने

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, ३२ असार/ पोखरा महानगरपालिकाले साउन पहिलो साता राजश्व असूली नगर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐन, २०७९ सफ्टवयर सिस्टममा प्रविष्टी गर्ने कार्य भैरहेकोले राजश्व असूली नगर्ने भएको हो ।

साउनको १ गते आइतबार देखी साउनको ६ गते सम्म राजश्व असूली सम्बन्धी कार्य बन्द रहने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले विज्ञप्ती जारी गरेका छन् ।

साउन ७ गते शनिबार भएका कारण विदा छ भने ८ गते आइतबारबाट मात्रै राजश्वको काम हुनेछ ।



Tags: