पोखरा, २ कात्र्तिक/ गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकहरूलाई नगद सहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गर्नुभएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका…
पुरा पढौ