#निर्वाचन

पोखरा–२२ को वडाध्यक्षमा गठबन्धनबाट सरिता बराल

सरिता बराल क्षेत्री
पोखरा, १७ बैशाख/ पोखरा महानगरपालिका–२२ को वडाध्यक्ष पदका लागि गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालकी सरिता बराल क्षेत्री उम्मेदवार बनेकी छन् । गठबन्धनको ४ राजनीतिक दलका प्रत्यासीहरुले उम्मेदवारी फिर्ता लिएर सरितालाई उम्मेदवार बनाएका हुन् । नेपाली काग्रेसबाट उमेद्वारी दिएका होमप्रसाद बराल, नेकपा माओवादीका नवराज बराल, नेकपा एकिकृत समाजबादीका तुलसी प्रसाद बराल र राष्ट्रिय जनमोर्चाका प्रकाश बरालले उमेद्वारी फिर्ता लिएका छन् । पोखरा २२ वडा अध्यक्ष पदका लागि अब ४ जना उमेद्वार छन् । एमालेबाट प्रकाश चन्द्र गुरुङ, जसपाबाट सरिता क्षेत्री… पुरा पढौ

पोखरामा ५ मेयरका उमेद्वार सहित ११९ जनाको उमेद्वारी फिर्ता

पोखरा महानगरपालिका
पोखरा, १७ वैशाख/ पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेद्वार सहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उमेद्वारी फिर्ता लिनेमा तीन जना दलका उमेद्वार छन् भने दुई जना स्वतन्त्र उमेद्वार छन् । नेपाली काग्रेसका बागी उमेद्वारी दिएका दुई जना नन्द प्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेद्वारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानिया, राप्रपा नेपालका गोविन्द गुरुङले उमेद्वारी फिता लिएका छन् । त्यसै गरी उमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका… पुरा पढौ

पोखरा महानगर पाँचदलीय गठबन्धनको घोषणापत्र फेवा टु बेगनास मेट्रो रेल

पोखरा महानगर पाँचदलीय गठबन्धनको घोषणापत्र फेवा टु बेगनास मेट्रो रेल
पोखरा, १६ बैशाख/ कास्कीका पाँचदलीय गठबन्धनले बिहीबार पोखरामा घोषणापत्र सार्वजनिक गर्दै फेवा टु बेगनास मेट्रो चलाउने उल्लेख गरेको छन् । पाँचदलीय गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले फेवा टु बेगनास लेक १० किलोमिटर दुरी रहेको र मेट्रो चलाउन सम्भव रहेको बताए । उनले मेट्रो चलाउन आवश्यक पैसा नभए पिपिए मोडलमा भए पनि निमार्ण गर्न सकिने उल्लेख गरे । त्यसै गरी घोषणा पत्रमा झण्डै तीन दशकदेखि अघि बढेको पोखरा रिङरोडको योजनालाई पनि प्राथमिकतामा राखिएको छ । रिङरोडको लागि पोखरा उपत्यका नगरविकास समितिले… पुरा पढौ

पोखराको मेयरमा २५ जना र उपमेयरमा ९ जना मनोनयन दर्ता (सूचिसहित)

पोखरा महानगरपालिका
पोखरा, १३ वैशाख/ पोखरा महानगरपालिकाको मेयरमा २५ जना र उपमेयरमा ९ जनाले उमेद्वारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ जनाले मेयरमा उमेद्वारी दायर गरेका हुन् । २५ जना मध्ये दुई जना मात्रै महिलाले उमेद्वारी दिएका छन् । ८ जनाले स्वतन्त्र र १७ जनाले दलबाट उमेद्वारी दिएका छन् । १ खडक राज पौडेल ४२ पुरुष स्वतन्त्र२ विमल वहादुर कार्की ४७ पुरुष स्वतन्त्र३ संजय तिमिल्सिना २८ पुरुष मौलिक जरोकिलो पार्टी४ राम राज अधिकारी ४२ पुरुष स्वतन्त्र५… पुरा पढौ

बाजा गाँजा सहित पोखरामा उमेद्वारी दर्ता

पोखरामा उमेद्वारी दर्ता
पोखरा, १२ बैशाख /पालिका निर्वाचन अन्तरग उमेद्वारी दर्ताको अन्तिम दिन ठुला दलहरुले बाजा गाँजा सहित उमेद्वारी दर्ता गरेका छन् । पोखरामा विभिन्न चोकबाट ¥याली सहित ठुला दलहरुले उमेद्वारी दर्ता गरे । नेकपा एमालेबाट गण्डकी प्रदेश सांसदबाट राजीनामा दिएर कृष्णबहादुर थापाले पोखराको मेयरका उमेद्वारी दिए । थापाले सोमबार बार नै सभामुख नेत्रनाथ अधिकारीलाई सांसद पदबाट राजीनामा दिएको पत्र दिएका थिए । सोमबार नै पोखरा महानगरको मेयर पदका लागि उनको मनोनयन समेत गरे । शनिबार दीपक पौडेललाई मेयरको टिकट दिइएको भए पनि… पुरा पढौ

गठबन्धनबाट पोखराको उपमेयर सुरेन्द्रमान बिजुक्छे

सुरेन्द्रमान बिजुक्छे
पोखरा, १२ बैशाख/ सत्ता गठबन्धन तर्फबा पोखराको उपमेयरमा नेपाली कांगेसका सुरेन्द्रमान बिजुक्छे उमेद्वारी दिने भएका छन् । कांग्रेस पोखरामहानगरका सभापति समेत रहेका बिजुक्छेलाई उपमेयर उठाउने निर्णय कांग्रेसले गरेको हो । गठबन्धनको भागबण्डामा पोखराको मेयर एकीकृत समाजवादीले र उपमेयर कांग्रेसले पाउने निर्णय यसअघि नै भइसकेको थियो। त्यस्तै, मेयरमा धनराज आचार्यलाई उम्मेदवारको टिकट दिइएको छ । पुरा पढौ

एमालेले पोखराको मेयर फेरेर कृष्ण थापालाई उम्मेदवारी, उपमेयरमा मञ्जुदेवी गुरुङ

कृष्ण थापा, मञ्जुदेवी गुरुङ
पोखरा, १२ वैशाख/ पार्टीबाट विरोधका स्वर सुनिएपछि नेकपा एमालेले पोखराको मेयर उम्मेदवार फेरबदल गरेको छ । एमाले सचिवालय बैठकले यसअघि दीपक पौडेललाई मेयर टुंगो लगाएकोमा त्यसको दुई दिन पछि कृष्ण थापालाई उम्मेदवार बनाएका छ । गण्डकी प्रदेश सांसद समेत रहेका कृष्ण थापा तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर थिए । यसअघि सचिवालय बैठकले प्रदेश सांसदलाई टिकट नदिने निर्णय गरे पनि दीपक पौडेलमाथि सुन चोरीको काण्डमा विवादित बनेपछि पार्टी पंक्तिबाटै विरोध सुरु भएको थियो । यस्तै उपमेयर दोहोरिएकी मञ्जुदेवी गुरुङले आफू मेयरको पनि… पुरा पढौ

पोखरा महानगरपालिकामा एमालेबाट वडा अध्यक्षमा को को (नाम सहित)

नेकपा एमाले
पोखरा महानगरपालिकामा एमालेबाट वडा अध्यक्षमा को को नाम सहित पोखरा महानगरपालिका नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वारहरु वडा न १: सहारा प्रधान वडा न २: दिपक शाह वडा न ३ :बिष्णु शन्कर ख्वाजु वडा न ४: मदन मुल्मी वडा न ५ : बिष्णु बराल वडा न ६ : बिष्णु भट्टराई वडा न ७ : किशोर बराल वडा न ८ : रुद्र नाथ बराल वडा न ९ : प्रेम गुरुङ्ग वडा न १०: पवित्रा देवि गुरुङ्ग वडा न ११: मीन ब… पुरा पढौ

कास्की कांग्रेसका सभापति सहित पदाधिकारीहरु कार्यकक्षमै थुनिए

पोखरा, ११ बैशाख/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल सहितका पदाधिकारी र सदस्यहरु कार्यकर्ताले कार्यकक्षमै थुनदिएका छन् । नेपाली कांग्रेस पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडाका वडासभापतिहरुका साथै नेता कार्यकर्ताले जिल्लाका सभापति लगायतलाई कार्यकक्षमै थुनिदिएका हुन् । पोखरा २२, १८ का सभापति र नेता कार्यकर्ताले आफूहरुको वडाको नेतृत्व अन्य पार्टीलाई दिन नसकिने भन्दौ दवाव दिनका लागि ताला लगाएको नेताहरुले बताएका छन् । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्यलाई साझा उमेदवार बनाइए पछि वडा अध्यक्ष आफैलाई माग्दै… पुरा पढौ

पोखराको मेयरका लागि १० जनाको उमेद्वारी

पोखराको मेयरका लागि ८ जनाको उमेद्वारी
पोखरा, ११ बैशाख/ पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन १० जनाले मेयरमा उमेद्वारी दिएका छन् भने २ जनाले उपमेयरमा उमेद्वारी दिएका छन् । त्यसै गरी वडा अध्यक्ष र सदस्यमा गरी २५ जनाले आइतबरा उमेद्वारी दर्ता गरेका छन् ।अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उमेद्वार गनेस पौडेल पोखराको मेयरका लागि पहिलो उमेद्वारी दर्ता गरे । उम्मेद्वारी दर्तापछि मेयरका उमेदेवार गनेश पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन्… पुरा पढौ