सुरेन्द्रमान बिजुक्छे
पोखरा, १२ बैशाख/ सत्ता गठबन्धन तर्फबा पोखराको उपमेयरमा नेपाली कांगेसका सुरेन्द्रमान बिजुक्छे उमेद्वारी दिने भएका छन् ।
कांग्रेस पोखरामहानगरका सभापति समेत रहेका बिजुक्छेलाई उपमेयर उठाउने निर्णय कांग्रेसले गरेको हो ।
गठबन्धनको भागबण्डामा पोखराको मेयर एकीकृत समाजवादीले र उपमेयर कांग्रेसले पाउने निर्णय यसअघि नै भइसकेको थियो।
त्यस्तै, मेयरमा धनराज आचार्यलाई उम्मेदवारको टिकट दिइएको छ ।