
पोखरा महानगरपालिका
पोखरा, १७ वैशाख/ पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेद्वार सहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उमेद्वारी फिर्ता लिनेमा तीन जना दलका उमेद्वार छन् भने दुई जना स्वतन्त्र उमेद्वार छन् ।
नेपाली काग्रेसका बागी उमेद्वारी दिएका दुई जना नन्द प्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेद्वारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानिया, राप्रपा नेपालका गोविन्द गुरुङले उमेद्वारी फिता लिएका छन् ।
त्यसै गरी उमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी र नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उमेद्वारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।
पोखरा महानगरका वडाहरुबाट ३० जनाले उमेद्वारी फिर्ता लिएका छन् । त्यस मध्ये २१ जना पार्टीबाट वडा अध्यक्ष्मा उमेद्वारी दिने छन् भने ९ जना स्वतन्त्र छन् । त्यसै गरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरुले नाम फिर्ता लिएका छन् ।
कति उमेद्वार आफैले उमेद्वारी फिर्ता लिएका छन् भने कति पार्टी फिर्ता गराएको छ । पोखरा महानगरपालिकाको मयेर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्ने छन् भने उपमेयरका लागि ८ जनाले प्रतिस्पर्धा गर्ने छन् ।