कास्की कांग्रेसका सभापति सहित पदाधिकारीहरु कार्यकक्षमै थुनिए

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०७९ मा प्रकाशित


कास्की कांग्रेसका सभापति सहित पदाधिकारीहरु कार्यकक्षमै थुनिए

पोखरा, ११ बैशाख/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल सहितका पदाधिकारी र सदस्यहरु कार्यकर्ताले कार्यकक्षमै थुनदिएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडाका वडासभापतिहरुका साथै नेता कार्यकर्ताले जिल्लाका सभापति लगायतलाई कार्यकक्षमै थुनिदिएका हुन् ।

पोखरा २२, १८ का सभापति र नेता कार्यकर्ताले आफूहरुको वडाको नेतृत्व अन्य पार्टीलाई दिन नसकिने भन्दौ दवाव दिनका लागि ताला लगाएको नेताहरुले बताएका छन् ।

गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्यलाई साझा उमेदवार बनाइए पछि वडा अध्यक्ष आफैलाई माग्दै तालबन्दी गरेका हुन् ।



Tags: , ,