पोखराको मेयरका लागि ८ जनाको उमेद्वारी
पोखरा, ११ बैशाख/ पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन १० जनाले मेयरमा उमेद्वारी दिएका छन् भने २ जनाले उपमेयरमा उमेद्वारी दिएका छन् । त्यसै गरी वडा अध्यक्ष र सदस्यमा गरी २५ जनाले आइतबरा उमेद्वारी दर्ता गरेका छन् ।
अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उमेद्वार गनेस पौडेल पोखराको मेयरका लागि पहिलो उमेद्वारी दर्ता गरे ।
उम्मेद्वारी दर्तापछि मेयरका उमेदेवार गनेश पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेद्वारी दर्ता गराएको उनले बताए ।
पोखराको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेद्वारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेद्वारी दर्ता गरेको बताए । कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए ।
त्यसै गरी मौलिक जरोकिलो पार्टीबाट एजल तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेशन प्रेम प्रसाद गुरुङ, स्वतन्त्र रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला मेयर पदमा उमेद्वारी दिएका छन् । उपमेयरमा सचेत नेपाली पार्टी सोनि परियार, मंगोल नशनल अर्गनाइजेसन रामबहादु तामाङको उमेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा महानगर पालिका २६ को वडा अध्यक्षमा नारायण प्रसाद आचार्य, पोखरा ३ को वडा अध्यक्षका लागि महेश उदास र पोखरा ३० वडा अध्यक्षमा अनिष गुरुङले स्वतन्त्र उमेद्वारी दिएका छन् । उमेद्वारहरुका नाम टुङ्गो नलागेपछि ठुला राजनैतिक दलहरुले भने सोमबार मात्रै उमेद्वारी दर्ता गराउने जनाएका छन् । पोखरा महानगर पालीकामा २ लाख ७ हजार ७ सय १२ जना मतदाता रहेका छन् ।