पोखरामा उमेद्वारी दर्ता
पोखरा, १२ बैशाख /पालिका निर्वाचन अन्तरग उमेद्वारी दर्ताको अन्तिम दिन ठुला दलहरुले बाजा गाँजा सहित उमेद्वारी दर्ता गरेका छन् । पोखरामा विभिन्न चोकबाट ¥याली सहित ठुला दलहरुले उमेद्वारी दर्ता गरे । नेकपा एमालेबाट गण्डकी प्रदेश सांसदबाट राजीनामा दिएर कृष्णबहादुर थापाले पोखराको मेयरका उमेद्वारी दिए ।
थापाले सोमबार बार नै सभामुख नेत्रनाथ अधिकारीलाई सांसद पदबाट राजीनामा दिएको पत्र दिएका थिए । सोमबार नै पोखरा महानगरको मेयर पदका लागि उनको मनोनयन समेत गरे । शनिबार दीपक पौडेललाई मेयरको टिकट दिइएको भए पनि उनको आलोचना बढी भएपछि पार्टीले सो टिकट पौडेलबाट खोसेर थापालाई दिएको थियो ।
पोखराको उपमेयरमा भने मन्जुदेवी गुरुङले नै उमेद्वारी दिएकी छन् । थापा ०५४ सालमा पनि पोखरा उपमहानगरपालिकाको उपमेयर भएका थिए । उनले उम्मेदवारी दिन पाएर र महानगरपालिकाका काम गर्ने पाउने आवश्वको खोजीमा रहेको बताए ।
त्यसै गरी सत्ता गठबन्धबाट नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनले काग्रेस माओवादीका नेता सहित बसेर आफू गठबन्धनको साझा उम्मेदवार भएको भन्दै बताए । उपमेयर भने नेपाली कांग्रेसको भागमा परेको थियो । कांग्रेसले कोपिला रानाभाटलाई उपमेयरको उम्मेदवार बनाएको छ । उनले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् । आचार्यले नेपाली काग्रेसबाट बागी उमेद्वारी परेर उनीहरुले फिर्ता लिने विश्वास व्यक्त गरे । उनले आफु पोखरा बनाउका लागि उमेद्वारी दिएको बताए ।
पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जना नेताले उमेद्वारी दिएका छन् । सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारी र ऋषि सापकोटाले उमेद्वारी दिए भने आइतबार विमलबहादुर कार्कीले उमेद्वारी दिएका थिए । सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेपछि कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट छन् ।
सोमबार अन्य दलका उमेद्वारहरुले पनि उमेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालले उमेद्वारको ५ बजे सम्म भएपनि एकै दिन धेरै हुदाँ अन्तिम नामवाली आउन समय लाग्ने बताएको छ । पोखरामा २ लाख ७ हजार ७ सय १२ जना मतदाता रहेका छन् ।