पोखरा–२२ को वडाध्यक्षमा गठबन्धनबाट सरिता बराल

-


     क्लिक गण्डकी     
     वैशाख १७ गते २०७९ मा प्रकाशित


सरिता बराल क्षेत्री

सरिता बराल क्षेत्री

पोखरा, १७ बैशाख/ पोखरा महानगरपालिका–२२ को वडाध्यक्ष पदका लागि गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालकी सरिता बराल क्षेत्री उम्मेदवार बनेकी छन् ।

गठबन्धनको ४ राजनीतिक दलका प्रत्यासीहरुले उम्मेदवारी फिर्ता लिएर सरितालाई उम्मेदवार बनाएका हुन् । नेपाली काग्रेसबाट उमेद्वारी दिएका होमप्रसाद बराल, नेकपा माओवादीका नवराज बराल, नेकपा एकिकृत समाजबादीका तुलसी प्रसाद बराल र राष्ट्रिय जनमोर्चाका प्रकाश बरालले उमेद्वारी फिर्ता लिएका छन् ।

पोखरा २२ वडा अध्यक्ष पदका लागि अब ४ जना उमेद्वार छन् । एमालेबाट प्रकाश चन्द्र गुरुङ, जसपाबाट सरिता क्षेत्री र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन बराल र स्वतन्त्र उमेद्वार हिमलाल बराल रहेका छन् ।

वडा अध्यक्ष सरिता बराल क्षेत्रीका १२ वटा कार्ययोजना

१– महिला शसक्तिकरणका लागि ५ बर्से अभियान ।
२– वडाभित्रका सरकारी बिद्यालयहरुको शैक्षिक सुधार र नियमित अनुगमन ।
३– दिगो पर्यटन बिकासका लागि – पुम्दी– भुम्दी पर्यटन बिकास सम्मेलन गरि कोदिडाडादेखी थाप्लेको डाडासम्मको योजनाबद्ध बिकास ।
४–महिला बिशेषको रोगको निशुल्क उपचार ।
५–गरिब बच्चाका लागि शिक्षा र पोषणको ब्यबस्था ।

६– वडा अध्यक्षको लागि राज्यले दिने भत्ता गरिब बच्चाको पढाइका लागी ।
७–सेवाग्राहीका लागि वडा अफिसमा स्वस्छ खानेपानी र चियाको ब्यबस्था ।
८– वडाभित्रका सबै बिध्यालय र सरकारी कार्यलयका शौचालय सफा पार्ने नियमित अभियान ।
९–मदिरा किनबेच र सेवनमा कडाइ र समयको पावन्दी लगाइने ।

१०–राजनैतिक इतिहास र ऐतिहासिक ब्यक्तित्वहरुको डाटा सङ्कलन गरि (वडा पहिचान) संग्रहालयहरु बनाइने साथै सामुदायिक भवनहरु निर्माण मा विशेष जोड दिइने ।
११–वैदेशिक रोजगारमा जादा अप्ठ्यारोमा परेकालाइ निशुल्क घर फर्काउने ब्यबस्था ।
१२–हुनेखानेले दिने र कमजोरले लिने गरि आर्थिक बास्केट संचालन गर्ने ।



Tags: , , ,