#दुर्घटना

घान्द्रुक दुर्घटनाका घाइतेलाई सिम्रिक एयरबाट उद्धार गरी पोखरा ल्याइयो

घान्द्रुक दुर्घटनाका सिम्रिक एयरको हेलिक्पटरबाट उद्धार गरी पोखरा ल्याइयो
पोखरा, ४ पुष/ पोखराबाट अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाँदै गरेको स्कारपियो बिहीबार दिउँसो दुर्घटना भएको छ । ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते मध्य १ जनालाई एम्बुलेन्स र ४ जनालाई सिम्रिक एयरबाट उद्धार गरिए पोखराको मणिपाल अस्पतालमा ल्याएको छ । चालक र सामान्य घाइते भएका अर्का एक यात्रुलाई प्रहरीको गाडीमा पोखरा ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना

काठमाडौंबाट लमजुङ आउगदै गरेको माइक्रोबस दुर्घटना
पोखरा, ४ पुस/ पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ६८२१ नम्बरको जिप पौने ३ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जिप सडकबाट तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ । पुरा पढौ

पोखरामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

दुर्घटना
पोखरा, ३ पुस / पोखरामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । सोमबार साँझ पोखरा–३२, लामेआहालमा बसले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ३२, लामेआहालका डम्बर बहादुर पुन रहेका प्रहरीले जानकारी दिएको छ । पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा.प. ००६ख ५४४३ नम्बरको बसले ग.२१ प. ६४७४ नम्बरको स्कुटरलाई ठक्कर दिदा पुनको मुत्यु भएको हो । ठक्करबाट घाइते पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ मृत्यु भएको कास्की प्रहरीले जनाएको छ… पुरा पढौ

पोखरा २६ बुढिबजारमा टिप्परमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

दुर्घटना
पोखरा, २ पुष/ पोखरा महानगरपालिका २६ बुढिबजारमा सोमबार राति रोकि राखेको टिप्परमा मोटरसाइकल ठोक्किदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ । ग११प ६०५६ नम्बरको मोटरसाइकललाई लु२ख ४५२७ नम्बरको टिप्परमा ठोक्किदा पोखरा ३३ बागमाराका २९ वर्षीय अशोक लामिछानेको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिप्पर चालक रसुवाका ३७ वर्षीय वासुदेव घिमिरे र दुवै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ… पुरा पढौ

पोखराको सृजनाचोकमा माइक्रो विजुलीको पोलमा ठोकियो

पोखराको सृजनाचोकमा माइक्रो विजुलीको पोलमा ठोकियो
पोखरा, ३० मंसिर/ पोखराको सृजनाचोक नजिकै माइक्रो विजुलीको पोलमा ठोकियो छ । पोखरा सृजनाचोकमा रेडक्रस भवन नजिकै ग१ख २६१६ को माइक्रोले विजुलीको पोलमा ठोकिएको हो । पोलमा माइक्रो ठोकिए भाचिएपछि त्यस क्षेत्रको विजुलीमा समस्या आएको छ । पुरा पढौ

पोखराको नागढुंगामा दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना
पोखरा, २७ मंसिर/ पोखरामा बुधबार राति सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नम्बर २० घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी बस्ने ३१ वर्षीय प्रदीप राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ नागढुङ्गास्थित सडकमा ग१ख ३७५४ नम्बरको बसले र बा प्र०४४ प ८७२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।… पुरा पढौ

पोखराको न्युरोडमा दुर्घटना, एक जनाको मृत्यु

पोखराको न्युरोडमा दुर्घटना, एक जनाको मृत्यु
पोखरा, २४ मंसिर/ पोखराको न्युरोडमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रुपा गाउँपालिकाकी २० बर्षीया प्रतिक्षा सिंहको दुघनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बा१३च २५७५ नम्बरको स्कारपियोले ग१८प ४९११ नम्बरको स्कुटरलाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको स्थानीएको भनाई छ । स्कारपियो तिब्र गतिमा रहेको स्थानीयले बताएका छन् । https://www.youtube.com/watch?v=_TWITV9pTyc&ab_channel=MeroSathiTV पुरा पढौ

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
पोखरा, १५ मंसिर/ ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु भएको छ । पोखरा २५ हेम्जाको याम्दीमा शुक्रबार बेलुकी ट्रकले ठक्कर दिँदा उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो । घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग२ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुमारी जेब्रा क्रसिङबाटै बाटो काटेको तर दौडिएर सडक पार गरेको सीसी फुटेजमा देखिएको… पुरा पढौ

पोखरामा जेव्रा क्रसबाट बाटो काट्दै गर्दा ट्रकले ठक्कर दियो, एकजना जनाको मृत्यु

दुर्घटना
पोखरा, १५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको आईचर ट्रकले जेव्रा क्रसबाट बाटो काट्दै गरेकी पूर्वी रूकुम घर भई हाल पोखरा २५ याम्दी बस्ने ५५ बर्षीय धन कुमारी बुढाको मृत्यु भएको छ । ठक्कर दिँदा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । सवारी साधन र सवारी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका वडा… पुरा पढौ

पोखरा हेम्जामा दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु

किरण अधिकारी
पोखरा, ५ मंसिर/ पोखरा २५ हेम्जाको सापकोटाचोक नजिकै दुर्घटना हुदाँ लोकदोहोरी गायक किरण अधिकारीको मृत्यु भएको छ । सोमबार राती २ बजेतिर स्कुटर दुर्घटनामा परी कास्की नौडाँडाका २७ वर्षीय किरण अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । चिप्लेढुंगाको गाउँशहर दोहोरी साँझमा गीत गाउँदै आएका किरण ड्युटी सकिएपछि साथीलाई छाड्न हेम्जा गएका थिए । साथीलाई मिलनचोकमा छाडेर फर्कदैं गर्दा मोडमा आइपुग्दा सिधै फलामेबारतिर ठोक्किन पुगेका थिए । स्थानीयका अनुसार घुम्तीनेरको सडक छेउको फलामे बारमा ठोक्किएर अधिकारीको टाउको फुटेको थियो । मध्यराति सडकबाट… पुरा पढौ