ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु

-

     क्लिक गण्डकी     
     मंसिर १५ गते २०८१ मा प्रकाशित

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु

पोखरा, १५ मंसिर/ ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु भएको छ । पोखरा २५ हेम्जाको याम्दीमा शुक्रबार बेलुकी ट्रकले ठक्कर दिँदा उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो ।

घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग२ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुमारी जेब्रा क्रसिङबाटै बाटो काटेको तर दौडिएर सडक पार गरेको सीसी फुटेजमा देखिएको प्रहरीको भनाई छ ।

धनकुमारी श्रीमानसँगै सडक पार गर्न लागेको समयमा उनी भने अगाडि बढेको देखिन्छ ।

Tags: