खेलकुद

बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण

बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण
पोखरा, ७ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको जगदम्बा प्रतिष्ठानले छात्राका लागि १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई पढाइ सगँ सगै खेल क्षेत्रमा पनि विद्यार्थीलाई हौसला दिने गरेको बताए । उनले जर्सी सहयोगले विद्यार्थीको खेल क्षेत्रमा पनि उत्साह बढ्ने बताए । जर्सी हस्तान्तरण गर्दै जगदम्वा प्रतिष्ठानका अध्यक्ष (जगदम्वा टुर्स एण्ड ट्राभल्सका संचालक) केशव प्रसाद अधिकारीले… पुरा पढौ

अन्नपूर्ण म्याराथनको चोथौ संस्करण जेठ तेस्रो साता

अन्नपूर्ण म्याराथनको चोथौ संस्करण जेठ तेस्रो साता
पोखरा, ७ जेठ/ ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ विसं २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तिव्र पारिएको छ । अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन(२०८१ आगामी जेठ २१ गते सोमवार हुनेछ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबर्द्धनका लागि सुरू गरिएको म्याराथनलाई निरन्तरता दिईएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताए । विशेषतः सन् १९५० जुन ३ तारिखका… पुरा पढौ

जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि

जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि
पोखरा, ५ जेठ/ नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो । जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो । उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै प्रतियोगितामा… पुरा पढौ

पोखरा साइकल दौड प्रतियोगितामा प्रकाश र उषा च्याम्पियन

पोखरा साइकल दौड प्रतियोगितामा प्रकाश र उषा च्याम्पियन
पोखरा, ५ जेठ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ २ २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका… पुरा पढौ

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
पोखरा, ४ जेठ /पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए । प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने… पुरा पढौ

पोखरामा भएको क्लबस्तरीय भलिबलः लिगचरणको ७ खेल सम्पन्न

पोखरामा भएको क्लबस्तरीय भलिबलः लिगचरणको ७ खेल सम्पन्न
पोखरा, ३ जेठ/ पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिगचरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जिभिपि युके लण्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् । बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपि युके लण्डनले अन्नपूर्ण गाउँपालिका… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात

पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात
पोखरा, २ जेठ/ पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे । पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ । जनकल्याण पोखरा–११ ले माछापुच्छ«े गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्याे । जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट… पुरा पढौ

एलजी एशोसियसन कास्की लिग च्याम्पियन

एलजी एशोसियसन कास्की लिग च्याम्पियन
पोखरा, १ जेठ / बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ । पोखरा रंगशाला आइबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो । एलजीको जितमा आशिष गुरुङ नायक बने । एलजीका लागि ३ गोल आशिषले नै गरे । पहिलो हाफको १७ औ मिनेटमा गोलको खाता खोलेको उनले । दोस्रो हाफको २४ औ र ३९ औ मिनेटमा गोल गर्दे व्याक्तिगत ३ गोल गरे । खेलको म्यान… पुरा पढौ

पोखरामा जेठ पहिलो साता अन्तर क्लबस्तरीय भलिबल प्रतियोगिता

पोखरामा जेठ पहिलो साता अन्तर क्लबस्तरीय भलिबल प्रतियोगिता
पोखरा, ३१ बैशाख / पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा हुने क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगिताबाट १८ लाख बचत

टाइगर कप भलिबल प्रतियोगितामा १८ लाख बचत
पोखरा, ३१ वैशाख/ पोखरामा माघमा सम्पन्न चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा १८ लाख बढी रकम बचत भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजना भएका प्रतियोगिताबाट १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष नारायण प्रसाद शर्माले बताए । त्यसै गरी १ करोड ३ लाख ५१ हजार ३ सय ९७ रुपैयाँ खर्च हुँदा १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको अध्यक्ष शर्माले… पुरा पढौ