खेलकुद

राष्ट्रिय माविको हीरक महोत्सवः तेन्जन र कवितालाई दौडको उपाधि

राष्ट्रिय माविको हीरक महोत्सवः तेन्जन र कवितालाई दौडको उपाधि
पोखरा, २९ वैशाख/ तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र÷छात्रा सडक दौडको उपाधि हात पारेका छन् । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्र्तगत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागि अन्य ६ सय १३ जनालाई पछि पादै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पुरा गदै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्डः वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता (कस कसले पाए अवार्ड)

आठौँ पोखरा स्पोर्ट्स अवार्डः वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता कस कसले पाए अवार्ड
पोखरा २८ वैशाख / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० सम्पन्न भएको छ । पोखरा सभागृह हलमा भव्य समारोहकाबीच शुक्रबार आयोजना भएको अवार्ड कार्यक्रम अन्तरगत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जित्न सफल बने । यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए । वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारिन् । यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड वर्ष उत्कृष्ट पुरुष तर्फ अर्जुन कुमाल र महिला तर्फ सुस्मिता थापा

पोखरा स्पोर्ट्स अवार्ड वर्ष उत्कृष्ट पुरुष तर्फ अर्जुन कुमाल र महिला तर्फ सुस्मिता थापा
पोखरा, २८ वैशाख/ आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुष तर्फ क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट महिला खेलाडीमा आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना गरेको प्रतियोगितामा ७ विधामा पुरस्कार वितरण भएको थियो । वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
पोखरा २७ वैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा… पुरा पढौ

उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल

उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल
पोखरा २६ वैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् । अर्जुन कुमाल – क्रिकेट गुल्मीको… पुरा पढौ

गौशाला २६ सँग मेरो कुनै सम्बन्ध प्रमाणित गर्नुस्, ८ वर्षले पुग्दैन, मलाई फाँसीमा चढाइयोस्ः सन्दीप लामिछाने

सन्दीप लामिछाने
पोखरा, २५ बैशाख/ क्रिकेटर सन्दीप लामिछानेले गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । उनले सम्बन्ध प्रमाणित भए ८ वर्ष सजायले नपुग्ने बरु फाँसी नै सही हुने बताएका छन् । ’तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, उनले सामाजीक सञ्जाल फेसबुकमा भनेका छन्, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस । म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन,’ उनले भनेका छन्… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्डः वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा

आठौँ पोखरा स्पोर्ट्स अवार्डः वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा
पोखरा, २५ बैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर पर्न सफल भएका छन् । तीनै जना खेलाडी वर्ष ०८० मा पाएका उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् । अनुस्का शेरचन (आर्चरी) अनुस्का उमेरले बल्ल १७… पुरा पढौ

नीरज, रमेश र रिजनको वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा

नीरज, रमेश र रिजनको वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा
पोखरा, २४ वैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेर तयारीलाई तीव्रता दिइरहेको मञ्चले जनाएको छ । चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

आठौँ पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
पोखरा २४ वैशाख/ आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको मञ्चका… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्ड-लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई

ईन्द्रा मल्ल
पोखरा, २३ वैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । यस अगाडि मञ्चले यो… पुरा पढौ