फाइल तस्बिर
पोखरा, ८ जेठ/ १९ वर्ष मुनीको वाईवाई कप पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मंगलबारदेखि पोखरामा सुरु हुदैछ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा हुने कास्की जिल्ला छनौट प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गर्ने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा १० जेठसम्म चल्ने प्रतियोगितामा भद्रकालि, विन्ध्यवासिनी, बाराही र अकला गरि चार टोली भिड्ने सिग्देलले जानकारी दिए ।