खेलकुद

आठौँ पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

आठौँ पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
पोखरा २४ वैशाख/ आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको मञ्चका… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्ड-लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई

ईन्द्रा मल्ल
पोखरा, २३ वैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । यस अगाडि मञ्चले यो… पुरा पढौ

भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि ठुलाखेतलाई

भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि ठुलाखेतलाई
पोखरा, २३ बैशाख/ पोखरा २३ नयाँ बस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि ठुलाखेत भेट्रान्स भलिबल टिमले जितेको छ । भूपू भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भेट्रान्स भलिबल प्रतियोगिताको फाइनलमा दमदमे भलिबल टिमलाई ठुलाखेत टिमले हराउदै उपाधि जितेको हो । १२ टिम सहभागी प्रतियोगितमा विजेता र उपविजेता टिमले खसी उपहार जित्न सफल भयो । विजेता खेलाडीलाई गण्डकी प्रदेशका सांसद प्रकाश बराल, पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङ, प्रतियोगिता संयोजक राजु घले लगाएतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे ।… पुरा पढौ

पोखरा ७ मा भएको दौडमा उत्साजनक सहभागीता, छात्र तर्फ रितिक र छात्रा तर्फ स्मृतीलाई उपाधि

पोखरा ७ मा भएको दौडमा उत्साजनक सहभागीता, छात्र तर्फ रितिक र छात्रा तर्फ स्मृतीलाई उपाधि
पोखरा, २३ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ७ स्तरिय दौड प्रतियोगिता उत्साहजनक सहभागीता भएको छ । पाँच किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग ,मदरल्याण्ड मावि ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ्ग चोक हुदै घारीपाटनको हिमाली टोल, तिनकुने चोक हुदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो । प्रतियोगितामा २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर मर्हजन, विश्वास गदाल, अमृत खड्का क्रमश प्रथम, द्वितिय, तृतीय र चौथो स्थान प्राप्त गरे… पुरा पढौ

पोखरामा बैशाख अन्तिम साता क्रस लेक खुल्ला पौडी प्रतियोगिता

पोखरामा बैशाख अन्तिम साता क्रस लेक खुल्ला पौडी प्रतियोगिता
पोखरा, २१ बैशाख/ पर्यटकीय राजधानी पोखराको फेवातालमा बैशाख अन्तिम साता क्रस लेक खुल्ला पौडी प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि पौडी, राष्ट्रका लागि खेलाडी र पर्यटन प्रवद्र्धनमा हाम्रा ताल र पौडी भन्ने नाराका साथ बैशाख २९ गते पौडी प्रतियोगिता हुन लागेको हो । आयोजक गण्डकी प्रदेश पौडी संघले शुक्रबार पत्रकार सम्मेलनको गरी प्रतियोगिताको तयारी थालेको जानकारी दिएको छ । गण्डकी प्रदेश पौडी संघको आयोजना र पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा हुने प्रतियोगितामा तीन विद्यामा आयोजना गरिने गण्डकी… पुरा पढौ

पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता शुरु

पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता शुरु
पोखरा, २१ बैशाख/ भूपु भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरु भएको छ । पोखरा २३ नयाँ बस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल खेलाडीहरुको प्रतियोगितामा भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले यस्तो प्रतियोगिताले निरन्तरता पाउनु पर्ने बताए । उनले पोखरा २३ मा फुटबल मैदान पनि नभएकाले छिटै बनाउन थाल्ने बताए । पोखरा २३ मा धेरै मात्रामा सार्वजनीक जग्गाभएका कारण खोजी गरेर फुटबल मैदान पनि बनाउने कामको थालनी गर्ने बताए । त्यसै गरी… पुरा पढौ

उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा

उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा
पोखरा, २१ बैशाख / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यहीं वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् । ज्योत्सनिका मरासिनी (क्रिकेट) १३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको… पुरा पढौ

पोखरा–७ मा दौड प्रतियोगिता, तयारी अन्तिम चरणमा, करिब ७ सय जना दैडिदै

पोखरा–७ मा दौड प्रतियोगिता, तयारी अन्तिम चरणमा, करिब ७ सय जना दैडिदै
पोखरा, २१ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ७ मा बृहत् दौड प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको सहयोगमा बैशाख २२ गते शनिबार हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । वडाभित्र क्रियाशील सामाजिक संघसंस्थालाई जगरुक गराउनुका साथै आपसी एकता वृद्घि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रविश्वर आचार्य बताइन्छ । प्रतियोगिताअन्तर्गत खुला पुरुष, खुला महिला, २३ वर्ष मुनिको विद्यार्थी र ५० वर्षमाथिको छ विधा छन् । हरेक विधामा प्रथम हुनेले पाँच हजार पाँच सय ५५, , द्वितीय हुनेले चार हजार… पुरा पढौ

टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका फाइनल प्रबेश

टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका फाइनल प्रबेश
पोखरा, १९ बैशाख/ कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत समुह बि मा रहेको कालिकाले ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । समान ४ अंक बनाएर पनि रन रेटमा पछि परेपछि सिद्ध मावि र अम्मरसिंह माविले सेमिफाइनल खेल्ने भएका छन् । लिग चरण अन्तर्गतम अन्तिम दिनको प्रतियोगितामा कालिका र बाराही माविले जित हाँसिल गरे… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’

पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
पोखरा, १९ बैशाख/ ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा।लि।द्वारा उत्पादित ‘ग्लेज’ अफिसियल ड्रिङ्किङ वाटरको रुपमा जोडिएको हो । बुधबार सो सम्बन्धी ग्लेजका सञ्चालक विनोद बराल र मञ्चका अध्यक्ष दीननाथ बरालविच समझदारी पत्र आदन प्रदान भएको छ । पोखरा–१३ आर्वामा समुदायस्ततरमा सञ्चालित ग्लेज मुलबाट निस्केको प्राकृतिक मिनरलयुक्त पिउने पानी हो ।… पुरा पढौ