खेलकुद

टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका फाइनल प्रबेश

टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका फाइनल प्रबेश
पोखरा, १९ बैशाख/ कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत समुह बि मा रहेको कालिकाले ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । समान ४ अंक बनाएर पनि रन रेटमा पछि परेपछि सिद्ध मावि र अम्मरसिंह माविले सेमिफाइनल खेल्ने भएका छन् । लिग चरण अन्तर्गतम अन्तिम दिनको प्रतियोगितामा कालिका र बाराही माविले जित हाँसिल गरे… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’

पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
पोखरा, १९ बैशाख/ ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा।लि।द्वारा उत्पादित ‘ग्लेज’ अफिसियल ड्रिङ्किङ वाटरको रुपमा जोडिएको हो । बुधबार सो सम्बन्धी ग्लेजका सञ्चालक विनोद बराल र मञ्चका अध्यक्ष दीननाथ बरालविच समझदारी पत्र आदन प्रदान भएको छ । पोखरा–१३ आर्वामा समुदायस्ततरमा सञ्चालित ग्लेज मुलबाट निस्केको प्राकृतिक मिनरलयुक्त पिउने पानी हो ।… पुरा पढौ

रियाको पहिलो शतक, कालिका र सिद्ध विजयी

रियाको पहिलो शतक, कालिका र सिद्ध विजयी
पोखरा, १८ बैशाख/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका लागि रचना चौधरीले ४८ रन हानिन् । एलिना श्रेष्ठले ११ रन बनाइन् । लक्ष्मी… पुरा पढौ

आठौं पोखरा स्पोर्टस् अवार्डः मनोनयन सार्वजनिक

आठौं पोखरा स्पोर्टस् अवार्डः मनोनयन सार्वजनिक
पोखरा, १७ बैशाख/ आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० को मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बैशाख २८ मा पोखरा सभागृहमा आयोजना गर्ने अवार्डको सोमबार पत्रकार सम्मेलन गरी ४ विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष खेलाडी पुरुषमा उत्कृष्ट ३ मा पर्न सफल खेलाडीहरुमा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) छन् । वर्ष खेलाडी महिलातर्फ अनुश्का शेरचन (आर्चरी), अरुणा शाही (भलिबल) र सुस्मिता थापा मगर (आइटिएफ तेक्वान्दो) उत्कृष्ट ३ मा पर्न सफल भएका छन्… पुरा पढौ

टाइगर ग्रुपले वर्ष उत्कृष्ट खेल संघसंस्थाको पुरस्कार प्रायोजना गर्ने

टाइगरले वर्ष उत्कृष्ट खेल संघसंस्थाको पुरस्कार प्रायोजना गर्ने
पोखरा, १६ बैशाख/ बैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ । टाइगर गु्रप वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये एक रहेको… पुरा पढौ

एसिया ट्रायथलनको प्रतियोगितामा इजिप्टका सिडफेल्डिन स्माइल र आइसल्याण्डकी एड्डा हान्नेस्डोटीरेलले उपाधि

एसिया ट्रायथलनको प्रतियोगितामा इजिप्टका सिडफेल्डिन स्माइल र आइसल्याण्डकी एड्डा हान्नेस्डोटीरेलले उपाधि
पोखरा, १५ बैशाख/ पोखरामा एसिया ट्रायथलनको प्रतियोगितामा इजिप्टका सिडफेल्डिन स्माइल र आइसल्याण्डकी एड्डा हान्नेस्डोटीरेलले उपाधि जितेका छन् । स्माइलले पुरुषतर्फ र हान्नेस्डोटीरेलले महिलातर्फको उपाधि जितेका हुन् । नेपाल ट्राइयाथलन संघले शनिबार पोखरामा आयोजना गरेको प्रतियोगितामा स्माइललले ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ्ग र पाँच किलोमिटर दुरी ५६ मिनेट ४५ सेकेण्डमा पार गरेका थिए । महिलातर्फकी विजेता हान्नेस्डोटीरेलले एक घण्टा ६ सेकेण्डमा उक्त दूरी पूरा गरेकी थिइन् । पुरुषतर्फ अष्ट्रियाका ब्रुकलिन हेनरी दोस्रो र महिला तर्फ उज्वेकिस्तानकी मनामि लिजिना लिओनले तेस्रो… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता
पोखरा १० बैशाख/ आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ । सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । सहभागीले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरे । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड… पुरा पढौ

आर्मीका संजय लेखनाथ दौडको उपाधि

आर्मीका संजय लेखनाथ दौडको उपाधि
पोखरा, १ बैशाख/ त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः भलिबलतर्फ विद्यान स्पोर्टस क्लब र बास्केटबलतर्फ टाइम्सलाई उपाधि

घान्द्रुक पर्यटन महोत्सवः भलिबलतर्फ विद्यान स्पोर्टस क्लब र बास्केटबलतर्फ टाइम्सलाई उपाधि
पोखरा, ३० चैत/ घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको… पुरा पढौ

फेवा महोत्सवमा पर्यटक दौडको उपाधी डेविडलाई

फेवा महोत्सवमा पर्यटक दौडको उपाधी डेविडलाई
पोखरा, ३० चैत/ पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्स ल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हासिल गरे । महिलातर्फको छुट्टै मुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जी द्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए । लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरु भएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा… पुरा पढौ