गौशाला २६ सँग मेरो कुनै सम्बन्ध प्रमाणित गर्नुस्, ८ वर्षले पुग्दैन, मलाई फाँसीमा चढाइयोस्ः सन्दीप लामिछाने

-


     क्लिक गण्डकी     
     वैशाख २५ गते २०८१ मा प्रकाशित


सन्दीप लामिछाने

सन्दीप लामिछाने

पोखरा, २५ बैशाख/ क्रिकेटर सन्दीप लामिछानेले गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । उनले सम्बन्ध प्रमाणित भए ८ वर्ष सजायले नपुग्ने बरु फाँसी नै सही हुने बताएका छन् ।

’तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, उनले सामाजीक सञ्जाल फेसबुकमा भनेका छन्, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस । म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन,’ उनले भनेका छन् ।

उनले आफू यस घटनाको निर्दोष पात्र रहेको उनले स्पष्ट पारेका छन्। उनले यो घटना घटाइएको र वास्तविक अनुहार एकदिन निस्किने बताए। ’यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ ।

त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला,’ उनले भने। उनले आफू त फसे, बोलेकै भरमा अरु कोही नफसोस भन्दै अनुरोधसमेत गरेका छन्।

Sandeep Lamichhane 

tdnpeorsSo8ll1g5c01fcu263m8ft59lglh04m00tci6961gimg3m14t679f  · 

धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका।

ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि।

ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ।

यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।🙏सन्दिप लामिछाने

https://www.facebook.com/SandeepLamichhaneOfficial



Tags: