खेलकुद

खेलकुद पत्रकार मञ्चलाई फुटसल उपाधि

खेलकुद पत्रकार मञ्चलाई फुटसल उपाधि
पोखरा, २४ चैत/ नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो । शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १/१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र… पुरा पढौ

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा सेमीफाइनलका खेलको समिकरण पुरा

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा सेमीफाइनलका खेलको समिकरण पुरा
पोखरा, २२ चैत/ पोखरामा जारी तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा सेमीफाइनलका समिकरण पुरा भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा दोश्रो दिन विभिन्न उमेर समुहका २१ खेलहरु सम्पन्न भए संगै भोली सेमीफाइनलका खेलहरु सञ्चालन हुने भएका हुन् । प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्त र ऐरा खत्री र अनुश्री धोजु र जिवाश्री भट्टराई समेीफाइनलमा आमने सामने हुनेछन् । यू–१६ गर्ल्स सिंगल्समा आइशा म्याक्ग्लान र सुनिरा थापा सेमीफाइनलमा भिड्नेछन् । यू–१० गर्ल्स सिंगल्समा सारा… पुरा पढौ

अन्तर्राष्ट्रिय खेलकुद दिवसः खेलकुदको बहुआयमिक पक्षलाई आत्मसात गरौं–एनओसी अध्यक्ष श्रेष्ठ

अन्तर्राष्ट्रिय खेलकुद दिवसः खेलकुदको बहुआयमिक पक्षलाई आत्मसात गरौं–एनओसी अध्यक्ष श्रेष्ठ
पोखरा, २२ चैत /अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटि ९एनओसी०का अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुदको बहुआयमिक पक्षलाई सबैले आत्मसात गर्नु पर्ने बताएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजनामा बिहिबार खेलकुद सम्बन्धी गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । विकास र शान्तिका लागि खेलकुद दिवसको अवसरमा आयोजित गोष्ठीको सम्बोधन गर्दै श्रेष्ठले दिवसलाई मनाउन लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए । ‘शान्ति’ भगवान् बुद्धसँग जोडिएको मात्रै नभई लुम्विनी नेपाली खेलकुदको जग समेत भएकोले उक्त दिवस… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने

पोखरा स्पोर्ट्स अवार्डमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने
पोखरा, २० चैत्र/ आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ । मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी वडा नं ८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् । प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण… पुरा पढौ

पोखरामा चैत तेस्रो साता ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’, सर्वाधिक पुरस्कार राशी

पोखरामा चैत तेस्रो साता ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’, सर्वाधिक पुरस्कार राशी
पोखरा, १९ चैत /पोखरामा हुने ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हाल सम्मै सर्वाधिक पुरस्कार राशी घोषणा गरिएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाउने प्रतियोगिताकी टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई भव्य बनाउन भेला आयोजना, ११ उपसमिति निर्माण

पोखरा स्पोर्ट्स अवार्डलाई भव्य बनाउन भेला आयोजना, ११ उपसमिति निर्माण
पोखरा १८ चैत्र/ आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिएका छन् । उनीहरुले अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । अवार्ड कार्यक्रमको लोकप्रियता बढाउन विगतका कमीकमजोरीलाई सुधार गर्दै… पुरा पढौ

दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई

दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई
पोखरा, १३ चैत्र/ बासकोटमा जारी दोस्रो सेभेन एसाइड वडा अध्क्षय कप २०८० को उपाधी सृर्जनशील क्लब ग्रीनले हात पारेको छ । आईतबार भएको फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउदै नगद ५० हजार शिल्ड ,ट्रफि , मेडल र प्रमाण प्रत्र प्राप्त ग¥यो । दोस्रो भएको लामा गाउँले नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र पाएको थियो । गत वर्षको विजेता रहेको लामागाउँलाई हराउदै आयोजकको क्लबले कप जितेको हो । फाइलन खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका २४ कास्कीकोटका… पुरा पढौ

सहारा एकेडेमीमा थप १७ जना बालकको खोजी

सहारा एकेडेमीमा थप १७ जना बालकको खोजी
पोखरा, १२ चैत/ पोखराको सहारा क्लवले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई ब्यबस्थापन गर्ने भएको छ । पोखरा १७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौंथो ब्याजको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लवले जनाएको छ । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लवले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु… पुरा पढौ

ड्रागन बोट प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाललाई

ड्रागन बोट दौड प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाललाई
पोखरा, १२ चैत/ पर्यटन राजधानी पोखराको बेगनासतालमा आयोजित प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता पुरुष तर्फ पाँच सय मिटरमा वाटर स्पोर्टस नेपाल प्रथम भएको छ । यस्तै नारा पोखरा दोस्रो र नेपाली सेनाको टिम तेस्रो भयो । महिला तर्फ पाँच सय मिटर डुङ्गा दौडमा बेगनासताल डुङ्गा व्यवसायी समिति पहिलो हुदाँ बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जालरी दिदिबहिनी समूह फेवा तेस्रो भए । त्यसै गरी दुईसय मिटर ड्रागन डुङ्गा दौड प्रतियोगितामा पुरुष तर्फ नारा पोखरा प्रथम, वार स्पोर्टस नेपाल… पुरा पढौ