
एसिया ट्रायथलनको प्रतियोगितामा इजिप्टका सिडफेल्डिन स्माइल र आइसल्याण्डकी एड्डा हान्नेस्डोटीरेलले उपाधि
पोखरा, १५ बैशाख/ पोखरामा एसिया ट्रायथलनको प्रतियोगितामा इजिप्टका सिडफेल्डिन स्माइल र आइसल्याण्डकी एड्डा हान्नेस्डोटीरेलले उपाधि जितेका छन् । स्माइलले पुरुषतर्फ र हान्नेस्डोटीरेलले महिलातर्फको उपाधि जितेका हुन् ।
नेपाल ट्राइयाथलन संघले शनिबार पोखरामा आयोजना गरेको प्रतियोगितामा स्माइललले ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ्ग र पाँच किलोमिटर दुरी ५६ मिनेट ४५ सेकेण्डमा पार गरेका थिए । महिलातर्फकी विजेता हान्नेस्डोटीरेलले एक घण्टा ६ सेकेण्डमा उक्त दूरी पूरा गरेकी थिइन् ।
पुरुषतर्फ अष्ट्रियाका ब्रुकलिन हेनरी दोस्रो र महिला तर्फ उज्वेकिस्तानकी मनामि लिजिना लिओनले तेस्रो स्थान हासिल गरे । हेनरीले निर्धारित दूरी ५७ मिनेट २० सेकेन्डमा र लिजिनाले एक घण्टा ४२ सेकेन्डमा पूरा गरेका थिए ।
त्यस्तै पुरुष तर्फ जापानका मित्सुहो मोचिजुकी तेस्रो र अष्ट्रियाका निक फ्रिसबी चौथो भए । महिला तर्फ उज्वेकिस्तानकी एलिना खाकिमोभा तृतिय र इन्डोनेसीयाकी मार्टीना आयु प्रति चौँथो भइन् । विजेताले ६ सय ३०, उपबिजेताले ५ सय २५ अमेरिकी डलर पुरस्कार पाए ।
यस्तै साउथ एशियन ट्रायथोलनको पुरुष र महिला तर्फको दुवै उपाधि भारतले जितेको छ । पुरुष तर्फ आदर्श मुरलीधरण र महिला तर्फ मानसी मोहितेले उपाधि हात पारे । मुरलीधरणले एक घण्टा २ मिनेट ३ सेकेण्ड र मोहितेले एक घण्टा ७ मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पार गरे ।
भने पुरुष तर्फ भारतका कौशिका विनायक दोस्रो, नेपालका विपन खट्कवा तृतिय र प्रविन थारु चौथो भए । महिला तर्फ नेपालकी श्रवि महर्जन द्धितिय, शोभा बलामी तृतिय र भारतकी प्रज्ञा मोहन चौथो भइन् ।
नेपालको पुरुष तर्फको छनोटमा विपन खट्कवा प्रथम, प्रविन थारु द्धितिय, मुकेश थारु चौथो र यजु महर्जन पाचौँ भए । खट्कवाले निर्धारित दुरी एक घण्टा ५ मिनेट २५ सेकेण्डमा निर्धारीत दुरी पार गरे । यस्तै प्रविनले एक घण्टा ६ मिनेट २० सेकेण्ड, मुकेशले एक घण्टा ७ मिनेट ४८ सेकेण्ड र यजुले एक घण्टा १५ मिनेट ११ सेकेण्डमा निर्धारीत दुरी पार गरे ।
नेपालको महिला तर्फको छनोटमा श्रीवी महर्जनले एक घण्टा ११ मिनेट ४५ सेकेण्डमा निर्धारीत दुरी पार गदै प्रथम भइन् । यस्तै शोभा बलामीले एक घण्टा २१ मिनेट ४५ सेकेण्ड, ज्ञान कुमारी चौधरीले १ घण्टा २१ मिनेट ५७ सेकेण्ड र पुष्पा रोकाएले एक घण्टा २६ सेकेण्डमा निर्धारीत दुरी पार गरिन् ।
प्रतियोगितामा फेवा तालमा पौडी पछि गौरीघाट, राष्ट्रबैंकचोक, बिरौटा हुदै पुनः गौरीघाट सम्म साइकट र दौडका लागि रुट निर्धारण गरिएको थियो । प्रतियोगितामा विभिन्न १६ देशका ५४ खेलाडीको सहभागिता रहेको थियो । द्वाथोलन तर्फको खुल्ला प्रतिष्प्रर्धा बैशाख १६ गते हुने छ ।







