खेलकुद

नेपाले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

नेपाले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य
पोखरा, २९ फागुन/ नेपालले पपुवा न्युगिनी विरुद्ध हङकङमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो । पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकको योगदान दिए । नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र… पुरा पढौ

सहारा एकेडेमीलाई साफको सहयोग

सहारा एकेडेमीलाई साफको सहयोग
काठमाडौं, २८ फागुन/ दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले यु–१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरेका हुन् । साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ती केसीलाई बल उपलब्ध गराए । बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) र साफलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘हाम्रो एकेडेमीलाई… पुरा पढौ

पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि बनौंलाई

पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि बनौंलाई
पोखरा, २७ फागुन/ पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको मर्दीखोलाले द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो । महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको… पुरा पढौ

यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीलाई

यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीलाई
पोखरा, २६ फागुन/ पोखरामा पहिलो पटक आयोजना गरिएको यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ । शनिबार पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानमा भएको फाईनल खेलमा लेकसाईडको ब्लु स्प्यारो एकेडेमीलाई १-० गोलले पराजित गर्दै संगम एकेडेमीले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । नियोङ गुरुङको निर्णायक गोलमा सगमले उपाधि जित्न सफल बन्यो । पोखरा महानगरपालिका वडा नं १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको यु १३ फुटबल प्रतियोगितामा कास्कीका… पुरा पढौ

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत सुरु, ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत सुरु, ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’
पोखरा, २६ फागुन/ प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो उक्त प्रशिक्षण सुरु भएको हो । पोखरा रंगशालामा शनिबार सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका छन् । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले ‘खेल्छ गण्डकी’… पुरा पढौ

रामघाटमा बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन चार खेल

रामघाटमा बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन चार खेल
पोखरा, २३ फागुन/ पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गरेका हुन् । ५ दिनसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनपछि उपाध्यक्ष गुरुङले खेलाडी उत्पादनमा प्रतियोगिताको भूमिका उत्कृष्ट रहने बताए । प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । उनले आगामी दिनमासमेत प्रतियोगितालाई… पुरा पढौ

नवराज, मनोरम, आभान र सृष्टिका स्क्वास च्याम्पियन

नवराज, मनोरम, आभान र सृष्टिका स्क्वास च्याम्पियन
पोखरा, २० फागुन/ नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमार्फत यी चार खेलाडी चार फरकफरक विधामा च्याम्पियन बनेका हुन् । स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो । भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष प्रवीण… पुरा पढौ

पोखरामा स्क्वास प्रतिस्पर्धा सुरू, दुई जनालाई सम्मान

पोखरामा स्क्वास प्रतिस्पर्धा सुरू, दुई जनालाई सम्मान
पोखरा, १८ फागुन/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा तेस्रो महानगरस्तरीय स्क्वास प्रतियोगिता सुरू भएको छ । खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शुक्रबार प्रतियोगिता सुरू भएको हो । शनिबारसम्म चल्ने ३८ जना खेलाडी सहभागी प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरूङले उद्घाटन गरे । उनले स्क्वासप्रति चासो बढ्दै गएको देख्दा खुसी लागेको सुनाए । रंगशालाभित्र भौतिक पूर्वाधार थपिने क्रम जारी रहेको, पानी र… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने

पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने
पोखरा, १८ फागुन/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा सहयोग जुटाउन उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य राजु गिरी सहितको टोलीसँगको भेटमा सदस्य सचिव घिसिङले पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउनका लागि आफ्नो र राखेपको साथ रहने बताएका थिए । मञ्चले आगामी… पुरा पढौ

वाफ महिला च्याम्पियनसिपमा नेपाल टाइब्रेकरमा पराजित, उपविजेतामा सिमित

वाफ महिला च्याम्पियनसिपमा नेपाल टाइब्रेकरमा पराजित, उपविजेतामा सिमित
पोखरा, १७ फागुन/ वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली जोडन सगँ पराजित भएको छ । साउदी अरबको जेद्दाहमा बिहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भयो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५–३ ले विजयी भएको हो । पहिलो हाफमा सविता राना मगरको १–० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २–१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले… पुरा पढौ