दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई

-


     क्लिक गण्डकी     
     चैत्र १३ गते २०८० मा प्रकाशित


दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई

दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई

पोखरा, १३ चैत्र/ बासकोटमा जारी दोस्रो सेभेन एसाइड वडा अध्क्षय कप २०८० को उपाधी सृर्जनशील क्लब ग्रीनले हात पारेको छ ।

आईतबार भएको फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउदै नगद ५० हजार शिल्ड ,ट्रफि , मेडल र प्रमाण प्रत्र प्राप्त ग¥यो ।

दोस्रो भएको लामा गाउँले नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र पाएको थियो । गत वर्षको विजेता रहेको लामागाउँलाई हराउदै आयोजकको क्लबले कप जितेको हो ।

फाइलन खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका २४ कास्कीकोटका वडा अध्क्षय भरत वहादुर अधिकारीले कास्कीकोटले राम्रो खेलाडीहरु उत्पादन गरीरहेको बताए ।

उनले भने , प्रतियोगितामा प्रथम भएर धेरै खुसी लागेको भन्दै बासकोट खेलमैदानको भौतिक निमार्णमा अझै वडाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

बासकोट खेलमैदान लाई वडाको मात्र खेल मैदान नभएर समग्र यस क्षेत्रको खेल मैदानको रुपमा विकास गर्न वडा लागी परेको बताए ।

विकास भनेको वाटो घाटो मात्र भन्ने सोच रहेको भन्दै अधिकारीले स्वास्थ्यको लागी खेलमा गरेको लगानी पनि विकास नै भएको बताए ।

चैत्र ९ गते देखि संचालन भएको वडा अध्क्षय कपमा पोखरा महानगरपालिकाका वडा नं २३, २४ र १८ वडामा २० टिमको सहभागीता रहेको थियो

रङहरुको पर्व फागु पुर्णिामा होलिको अबसर पारेर सृजनशिल क्लब पोखरा २४ बासकोटले कपको आयोजना गरेको थियो । आगामी बर्ष पनि प्रतियोगीता गर्ने क्लबका अध्क्षय शिव जिसिले बताए ।

उनले भने , खेलक्षेत्रको बिकास ,खेलमार्फत ठाउँको पहिचान, सामाजिक सद्भाव बढाउन ,समाज परिवर्तनका लागि खेलकुद भन्ने उद्देश्य राखीएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर सृर्जनशीलका आशिश दवाडीले हात पारे । उनले नगद २५ सय ट्रफि मेडल र प्रमाणपत्र पाए । सर्बाधिक गोलकर्ता भिम गौतमले नगद २५ सय मेडल प्रमाणपत्र पाएका थिए ।

सर्बोकृस्ट खेलाडी लामा गाउँका सरोज तामाङ घोषीत भए । उनले नगद २५ सय मेडल ट्रफि र प्रमाण पत्र पाए । अनुशाशित टिमको पुरस्कार फेवा क्लब पामेले प्राप्त गरेको छ ।

क्लब स्थापनाकाल देखि नै विभिन्न सामाजिक क्षेत्रमा शक्रिय रहदै आएको छ । प्रतियोगितावाट वचत भएको रकम बासकोट खेल मैदान निमार्णमा खर्च गरीने क्लबले जनाएको छ ।