कालीगण्डकीको ‘स्टिमर’मा गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

-


     क्लिक गण्डकी     
     जेठ १२ गते २०८१ मा प्रकाशित


कालीगण्डकीको ‘स्टिमर’मा गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

कालीगण्डकीको ‘स्टिमर’मा गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

स्याङ्जा, १२ जेठ/ स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद र कालीगण्डकी गाउँपालिकाको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्ला र आयोजकका रुपमा रहेको कालीगण्डकी गाउँपालिका गरी नौ टोलीका ३६ जनाले प्रतियोगितामा भाग लिने प्रदेश बुद्धिचाल संघ गण्डकीका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए ।

जिल्ला–जिल्लामा रहेका बुद्धिचाल सघंको सिफारिसका आधारमा प्रत्येक जिल्लाबाट दुई पुरुष र दुई महिला गरी चारजना खेलाडी सहभागी भएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले तीन लाख र गण्डकी प्रदेश खेलकुद परिषदले तीन लाख रुपैयाँ विनियोजन गरेको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधस्थल आँधीमुहानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका लेखा समिति सभापति सुधीरकुमार पौड्यालले उद्घाटन गरे ।

धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट (स्टिमर) मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताले ठाउँको प्रचार प्रसारमा गर्न सहयोगि हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।



Tags: