
पोखरा २३ बाम्दीमा जेठ अन्तिम साता भेट्रान्स भलिबल प्रतियोगिता
पोखरा, १९ जेठ/ पोखरा २३ बाम्दीमा जेठ अन्तिम साता भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । भेट्रान्स भलिबल समिति ठुलाखेतको आयोजनामा जेठ २६ गते प्रतियोगिता हुन लागेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २३ भित्रका टोल टोल बिच खेल हुने आयोजक समितिका संयोजक जिवन सुनारले जानकारी दिए ।
प्रतियोगिताको विजेताले बोका, मेडल र प्रमाणपत्र र उपविजेताले सानो बोका, मेडल र प्रमाणत्रप प्राप्त गर्ने उनले बताए । प्रतिायोगितमा भाग लिन ३५ वर्ष भन्दा माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् ।
खेल जीवनलाई ताजा बनाइराख्न र आपसी भाइचारालाई कायम गर्नका लागि ३५ वर्ष माथिका खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।





