राजनीति

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार रमेश पौडेल र रवीन्द्र बास्तोलालाई

रमेश पौडेल र रवीन्द्र बास्तोला
पोखरा, २२ साउन / नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७९ का लागि रवीन्द्र बास्तोलालाई पुरस्कृत गरिने भएको हो । गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पगेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य रहेका थिए… पुरा पढौ

कसैले इग्नोर गरे समाजवादी एक्लै चुनाब लड्छ -नेता नेपाल

कसैले इग्नोर गरे समाजवादी एक्लै चुनाब लड्छ -नेता नेपाल
पोखरा, २१ साउन/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संसदको निर्वाचनका लागि एकीकृत समाजवादी गठबन्धनको निर्णय कुरेर नबस्ने बताएका छन् । समाजवादी संगठन नेपाल कास्कीले पोखरामा आयोगित पत्रकार सम्मेलनमा नेता नेपालले ‘आगामी चुनावमा पार्टीले आफ्नो तयारी गर्छ । प¥यो भने एक्लै चुनाव लड्ने हो । संगठन बलियो बनाउनुस्, मत माग्न लाग्नुस्,’ उनले भने ‘गठबन्धनभित्र सीटको तालमेल छलफलको क्रममा छ । हामीलाई कसैले इग्नोर गर्छ भने मुर्खता मात्रै हो ।’ आगामी चुनावमा समाजवादीले अहिलेको भन्दा राम्रो सीटमा चुनाव जित्ने बताए… पुरा पढौ

नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्दैन – नेता विजुक्छे

नारायणमान विजुक्छे
पोखरा, २० साउन/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली नै भई जनताको घर दैलौ जानुपर्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको प्रधानमन्त्री नेपाली जनताले बताउने बताउदै दिल्ली धाउनु नपर्ने बताए । केही दिन अगाडी माओवादीका अध्यक्ष पुष्पकोमल दाहाल प्रचण्ड दिल्ली गएको तर्फ इन्गित गदै नेता विजुक्छेले नेपाली जनताको मन जितेर सरकार बताउनु पर्ने बताए । दिल्लीमा गएर सरकार बनाउन माग गर्ने हैन । उनले दलहरुले चुनावी घोषणापत्र विपरीतका पार्र्टी सगँ गठबन्धन… पुरा पढौ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

पोखरा, १५ साउन/नेकपा एमालेको मोर्चा संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगत नेपाल लोकतान्त्रिक तमु संघको शनिवार पोखरामा केन्द्रिय विस्तारित बैठक एवम भेला सम्पन्न भएको छ । भेलाले दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा बेदबहादुर गुरुङ(श्याम) र महासचिवमा हुमबहादुर गुरुङसहित १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ। बिस्तारित बैठक तथा भेलाको उद्घाटन गर्नुहुदै नेकपा एमाले स्थायी समिती सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रिय समिती अध्यक्ष किरण गुरुङले संघको स्थापनाको एतिहासिकता, संघको गतिबिधी र आगामी कार्यदिशा… पुरा पढौ

पोखरामा २२ बुँदे माग राख्दै राप्रपाको चक्काजाम

पोखरामा २२ बुँदे माग राख्दै राप्रपाको चक्काजाम
पोखरा, १४ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेको छ । नागरिकता विधेयक, एमसीसी, संघीयता खारेजी लगायतका २२ बुँदे माग सहित राप्रपाले १० मिनेट चक्काजाम गरी सरकारको ध्यानाकर्षण गराएको हो । प्रदर्शनसँगै पृथ्वीचोकमा १० मिनेट चक्काजाम आयोजना गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागु गर्न आन्दोलनमा उत्रनुपरेको प्रवक्ता गिरीले जानकारी दिए । सर्वसाधारणलाई दुख दिन नभई आफुहरुले उठाएको माग बुझाउन र सरकारलाई दबाब दिन सांकेतिक… पुरा पढौ

गठबन्धन आगामि चुनाव सम्म नै –नेता नेपाल

माधवकुमार नेपाल
पोखरा, ९ साउन / नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचन सम्म गठबन्धन कायमै रहने बताएका छन् । ४४ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै उनले गठबन्धन दलहरु आगामी निर्वाचनसम्म तालमेल गरेरै अगाडी बढ्ने बताए । नेता नेपाल तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावना अनुसार हुने उनको भनाई छ । स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रुपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए । ‘अहिले कसै कसैले अन्य तरिकाबाट… पुरा पढौ

रवि लामिछानेले भने ‘देउवाको भाग्य खोस्ने, ओली बालाई बालकोट मै बस्न सुझाब’

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने
पोखरा, ८ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बदल्न राजनीतिमा होमिएको बताएका छन् । पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताए । आफूहरुलाई मंसिरको चुनावको तीव्र प्रतीक्षा रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने दाबी गरे । त्यसै गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटी मै बस्न सुझाब दिए । ‘बा अब बुढो हुनु भयो,… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकीको सभापतिमा डा श्रेष्ठ, कास्कीमा गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकीको सभापतिमा डा श्रेष्ठ, कास्कीमा गुरुङ
पोखरा, ८ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा शनिबार भएको भेलाले डा. ढाकाकुमार श्रेष्ठको सभापतित्वमा गण्डकी प्रदेशस्तरीय तदर्थ समिति गठन गरेको छ । त्यसै गरी भेलाले कास्की जिल्ला समितिको सभापति विष्णु गुरुङ एकतालाई चयन गरेको छ । रवि लामिछाने नेतृत्वको पार्टीले प्रदेश समिति १६ सदस्यीय समिति चयन गरेको छ । सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहेका छन् । पुरा पढौ

हुलाक टिकटले देशको सभ्यता जोगाएको छः मन्त्री थापा

हुलाक टिकटले देशको सभ्यता जोगाएको छः मन्त्री थापा
पोखरा, ७ साउन/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताउनुभएको छ । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हुलाक टिकट मार्फत देशको सभ्यता जोगिएको छ । कला, संस्कृतिको संरक्षण गर्दै एतिहासिक महत्वका विषयवस्तुलाई टिकट मार्फत झल्किाउनु आफैमा महत्वपूर्ण काम हो । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले एतिहासिक महत्व बोकेका टिकटहरुलाई संकलन गरी संरक्षण गरेको काम प्रशंसनिय छ ।’, उहाँले भन्नुभयो । मन्त्री… पुरा पढौ

नेपाली कांग्रेस कास्की प्रवक्तामा विश्वशंकर पालिखे

विश्वशंकर पालिखे
पोखरा, ५ साउन/ नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे चयन भएका छन् । नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले पालिखेलाई प्रवक्तामा चयन गरेको हो । उनी नेपाली काङ्ग्रेस पोखरा ९ बाट क्षेत्रीय प्रतिनिधि एवं जिल्ला सदस्यमा निर्वाचीत भएका थिए । मंसिरमा भएको महाधिवेशनमा पालिखे जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । पुरा पढौ