राजनीति

मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई माधव नेपालको दबाब

दीपक मनाङे
पोखरा, २३ मंसिर/ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई मन्त्री बनाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फोन गर्ने बताएका छन् । अध्यक्ष नेपालले पाण्डेसँगको भेटमा मात्र होइन, फोनमार्फत नै विगतको समझदारीअनुसार आफ्नो पार्टीलाई मन्त्री दिइनुपर्ने बताउँदै आएका छन् । मनाङ (ख) बाट निर्विरोध चुनाव जितेपछि एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) गत वैशाखमा मन्त्रिपरिषद् विस्तार हुनेबेला मन्त्री बन्ने चर्चा थियो । तर, मन्त्री बन्ने चर्चाबीच उनी मन्त्रिपरिषदमा अटाएनन् । त्यसै कारण पनि उनले बारम्बार उनलाई मन्त्री बनाउन बताएको बताए… पुरा पढौ

ललिता निवास प्रकरणमा माधव नेपाल भने “कोही माइकालालले प्रमाणित गरेर देखाए हुन्छ”

माधव नेपाल
पोखरा, २३ मंसिर/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार निवास प्रकरणमा आफुले कुनै गल्ती नगरेको बताए । शनिबार समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दोषी प्रमाणीत गर्न चुनौती दिए । अध्यक्ष नेपालले आफू झण्डै दुई वर्ष प्रधानमन्त्री भएको बताउँदै त्यसबेला आँफ्नो प्रधानमन्त्री निवास विस्तारको योजना नै सुनाए । मन्त्रीपरिषद् बैठकको निर्णय नै सुनाएका उनले आफ्नो पालामा कसैलाई जग्गा दिने निर्णय नभएको प्रष्ट पारे । उनले कोही माइकालालले दोषी प्रमाणित गर्न नसक्ने बताए । अनाहकमा आफूलाई देखाएर… पुरा पढौ

देशको अवस्था सुधार्न, एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली

देशको अवस्था सुधार्न, एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पोखरा २२ मंसिर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिले देखिएको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएकाछन् । एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । अहिले सम्पूर्ण शक्ति एकातिर लागेर गठबन्धन मार्फत सरकार सञ्चालन गरेपनि उनीहरुले एमालेको मात्र विरोध गर्ने गरेको ओलीको आरोप छ । वर्तमान सरकारले विकास निर्माण र जनताका सरोकारमा कुनै… पुरा पढौ

गाँजा खेती र घरेलु मदिरा उत्पादनलाई वैधानिकता दिने तयारीमा छौं- मुख्यमन्त्री सुरेन्द्र पाण्डे

गाँजा खेती र घरेलु मदिरा उत्पादनलाई वैधानिकता दिने तयारीमा छौं मुख्यमन्त्री सुरेन्द्र पाण्डे
पोखरा, २२ मंसिर/ पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले मेला आयोजना गरिएको… पुरा पढौ

बसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने घोषणा हुन्छ-दुर्गा प्रसाईं

दुर्गा प्रसाईं
काठमाडौँ, १७ मंसिर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंले समानान्तर सरकार घोषणा गर्ने बताए । प्रसाईंले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने योजना रहेको बताए । उनले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा… पुरा पढौ

पोखराका काँग्रेस युवा नेता लोकेन्द्र कोइरालाको निधन

लोकेन्द्र कोइराला
पोखरा, १२ मंसिर/ पोखराका नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको निधन भएको छ । पोखरा वडा नम्बर ४ निवासी कोइरालाको हृदयाघातको कारण मंगलबार निधन भएको हो । स्वस्थ्यमा समस्या देखी पछि पोखरा फिस्टेल हस्पिटलमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा बिहान ८ बजेतिर निधन भएको परिवारका सदस्यले जानकारी दिए । ४८ वर्षका कोइरालाका तीन दाजुभाइमा माइला रहेका कोइरालाका आमा, चार दिदीबहिनी, श्रीमती र एउटा छोरा छन् । उनको शवलाई नेपाली काग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आजै अन्त्येष्टि… पुरा पढौ

दुर्गा प्रसाईँको आन्दोलनमा आचार्य श्रीनिवास पक्राउ, केही बेर झडप

दुर्गा प्रसाईँको आन्दोलनमा आचार्य श्रीनिवास पक्राउ तस्बिरः नेपालप्रेसबाट
काठमाडौं, ११ मंसिर/ व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गत आज गौशालामा भएको आन्दोलनको क्रममा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । त्रिशूलसहित सडकमा आएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रसाईँको आव्हानमा गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालेका थिए । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि… पुरा पढौ

व्यवसाय थन्क्याएर आन्दोलनमा आउन दुर्गा प्रसाईंको अपिल, पोखरामा प्रर्दशन

दुर्गा प्रसाईं
पोखरा, ८ मंसिर/ मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईँले आन्दोलनलाई अझ सशक्त पार्ने उद्घोष गरेको छ । राज्यले प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै त्यसले आफूहरूको आन्दोलन झन बलियो र विस्तारित हुँदै गरे दाबी छ । अभियानद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लामा एकसाथ आन्दोलन सुरू गर्न र काठमाडौं उपत्यका लगायत सबै ठाउँमा व्यापार, व्यवसाय, कारखाना, सवारी साधन थन्क्याएर आन्दोलनमा आउने अपिल गरिएको छ । आफूहरूको प्रदर्शनमा प्रहरीले लाठी, अश्रुग्यास, रबरको गोली… पुरा पढौ

गण्डकीमा कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलव भूकम्प पीडितलाई दिने

गण्डकीमा कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलव भूकम्प पीडितलाई दिने
पोखरा, २१ कात्तिक/ गण्डकी प्रदेशमा कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलव भुकम्पपीडितलाई दिने भएको छ । संसदीय दल पदाधिकारी बैठकले १५ दिनको तलव दिने निर्णय गरेको प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले जानकारी दिए ।भूकम्पका कारण परेको क्षतिप्रति हाम्रो गहिरो दुख छ । यस घडीमा पुनः स्थापनाका लागि हाम्रो पनि भुमिका रहनुपर्छ,झ उनले भने, पहिलो चरणमा १५ दिनको तलव दिने निर्णय गरेका छौं । यो निर्णयले ७ लाख हाराहारी सहयोग पुग्छ । यहाँ कांग्रेसका २७ सांसद छन् । तिमध्ये ४… पुरा पढौ

भूकम्प पिडितलाई राहत र उद्धारमा ध्यान दिन नेता गगन थापाको आग्रह

गगन थापा
पोखरा, १८ कात्तिक/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को समय राहत र उद्धारमा ध्यान दिनुपर्ने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले यो बेला भीआइपीको भ्रमण बढी हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धारमा लाग्न आग्रह गरे । उनले प्रधानमन्त्री जानुभएको छ, अब अन्य सबै जाने हैन राहत र उद्धारमा लाग्नु पर्ने बताए । उनले अन्य भीआइपी जादाँ सुरक्षा संयन्त्र भीआइपीको भिजिट म्यानेजमेन्टमा व्यस्त हुदा उद्धारमा ढिलाई हुने बताए । उनले प्रदेश सरकारले औचित्य पुष्टि गर्ने… पुरा पढौ