बसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने घोषणा हुन्छ-दुर्गा प्रसाईं

-


     क्लिक गण्डकी     
     मंसिर १७ गते २०८० मा प्रकाशित


दुर्गा प्रसाईं

दुर्गा प्रसाईं

काठमाडौँ, १७ मंसिर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंले समानान्तर सरकार घोषणा गर्ने बताए । प्रसाईंले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आन्दोलन निर्णायक बनाउने बताए ।

उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने योजना रहेको बताए । उनले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने र अति विपन्न गरिबको २० लाख ऋण मिनाहा गर्नुपर्ने तथा धितो फिर्ता गर्नुपर्ने रहेका छन् ।

उनले एक हजार र ५ सयका नोटबन्दी गर्नुपर्ने, राजा जनक र बुद्धको तस्बिर भएका नोट छाप्नुपर्ने लगायतका माग पत्रकार सम्मेलनमा अघि सारेका छन् ।

उनले प्रदेश संरचना खारेज, सर्वोच्च अदालतमा सय जना न्यायाधीश नियुक्ति, विदेशमा बन्दी जीवन बिताएका युवाहरूलाई स्वदेश फर्काउने र ५० लाख युवालाई रोजगारीको व्यवस्था मिलाउने लगायतका माग छन् ।



Tags: