पोखरा, १७ असोज/ नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनका लागि दुई गुटको प्यानल तयार भएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले हालका अध्यक्ष नवराज शर्मालाई नै नेतृत्वका लागि अगाडि सारेका छन् भने स्थायी कमिटी सदस्य खगराज अधिकारीले केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । शर्मा म्याग्दी र अधिकारी लमजुङका हुन् । उनीले उमेद्वारी दर्ता गरेका छन् । शर्मा प्यानलमा उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव कास्कीका दामबहादुर विक र उपसचिव महिला पर्वतकी मञ्जु अधिकारी छन् ।…
पुरा पढौ