
नवराज शर्मा
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मत परिणाम अनुसार मायानाथ अधिकारीलाई १ सय ६६ मत अन्तरले हराए ।
शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उमेद्वार बिजयी भएका छन् ।
यस्तो छ नवराजको राजनीतिक जीवन






