राजनीति

एमाले गण्डकीमा पृथ्वी भर्सेज पद्मा

एमाले गण्डकी अधिवेशनः आज ४ बजेपछि निर्वाचन प्रक्रिया अगाडी बढ्ने
पोखरा, १७ असोज/ अहिले नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन चलिरहेको छ । अधिवेशनको उदघाटन सत्रमा शिर्ष नेताहरुले नेकपा एमाले भित्र गुटको राजनीति सकियो भनेता पनि त्यस्तो देखिदैन । नेकपा एमालेकी सचिव पदमा अर्याल नै गुट बनाउन लागिरहेकी छिन् । पार्टी भित्र लडाई हेर्दा उनको पृथ्वीसुब्बासँग देखिन्छ । पृथ्वीसुब्बालाई एक्ल्याउन पदमा कम्मर कसेर नै लागिपरेकी छिन् । उसो त पार्टी भित्र लडाई स्थायी कमिटी सदस्य खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ बीच पुरानै हो । तर गण्डकीको अहिलेको अधिवेशनले पदमाको लडाई… पुरा पढौ

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार,उमेद्वारी दर्ता

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १७ असोज/ नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनका लागि दुई गुटको प्यानल तयार भएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले हालका अध्यक्ष नवराज शर्मालाई नै नेतृत्वका लागि अगाडि सारेका छन् भने स्थायी कमिटी सदस्य खगराज अधिकारीले केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । शर्मा म्याग्दी र अधिकारी लमजुङका हुन् । उनीले उमेद्वारी दर्ता गरेका छन् । शर्मा प्यानलमा उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव कास्कीका दामबहादुर विक र उपसचिव महिला पर्वतकी मञ्जु अधिकारी छन् ।… पुरा पढौ

एमाले गण्डकी अधिवेशनः आज ४ बजेपछि निर्वाचन प्रक्रिया अगाडी बढ्ने

एमाले गण्डकी अधिवेशनः आज ४ बजेपछि निर्वाचन प्रक्रिया अगाडी बढ्ने
पोखरा, १६ असोज/ नेकपा एमाले गण्डकीको अधिवेशनमा मंगलबार ४ बजेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । सोमबार दिउँसो उद्घाटनपछि अधिवेशनको बन्द सत्र पोखरा सभागृहमा चलेको थियो । अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनउपर दिनभर आठवटा समूह बनाएर समूहगत छलफल गर्ने, महासचिवको सम्बोधन सुन्ने र ४ पछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी रहेको एमाले प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए । आज उम्मेदवार दर्ता… पुरा पढौ

एमाले गण्डकी अधिवेशन शुरु, गठबन्धनको सरकारले जनताको भाग्य र भविष्य बिगा¥यो -नेता शंकर पोखरेल

पोखरा, १५ असोज/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रिने बताएका छन् । पोखरामा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले एमालेलाई सरकारबाट हटाएपछि युवाहरू विदेश जान थालेको बताए । उनले पछिल्लो एक वर्षमा ७ लाख ६३ हजार युवा विदेश गएको बताउदै गठबन्धनको सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रिने दावी गरे । उनले ठूला घोटाला प्रकरणबारे छानबिन गरे गठबन्धनका धेरै नेताहरू जेल जाने बताए । महासचिव पोखरेलले राजकीय भ्रमणमा जाँदा गेरुवस्त्र धारण… पुरा पढौ

एमाले गण्डकी अधिवेशन आज देखी, ओलीले उद्घाटन गर्ने

एमाले गण्डकी अधिवेशन आज देखी, ओलीले उद्घाटन गर्ने
पोखरा, १५ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशन आजबाट सुरु हुँदै छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखराको अमरसिंह चौरमा सम्बोधन सहित उद्घाटन गर्ने छन् । एमालेले प्रदेश अधिवेशनमा ५० हजारभन्दा बढी कार्यकर्ता उर्तार्ने तयारी गरेको छ । एमालेले गण्डकीमा निर्विरोध नेतृत्व चयन गर्ने दाबी गरीरहेको छ । तर नेताहरू गुटअनुसार विभाजित भएर मत माग्न थालिसकेका छन् । गण्डकीमा नेतृत्व छान्न ९ सय ७ जना प्रतिनिधि चयन भएका छन् । ८५ मध्ये ८४ पालिकामा सर्वसम्मत प्रतिनिधि… पुरा पढौ

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा कार्यान्वयन हुने योजना मात्रै समेटिनेछ – मुख्यमन्त्री पाण्डे

पोखरा, ३१ भदौ/ गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्दैछ । उक्त योजना निर्माणकालागि आईतबार अवधारणा पत्र पारित भएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको अवधारण पत्र मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । मुख्यमन्त्री पाण्डेले बसाईसराई रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धी गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाब दिए । ‘कार्यन्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्छ’ उनले भने ‘गर्नै नसकिने… पुरा पढौ

एमाले गण्डकीको अधिवेशन रयाली झाँकीमय प्रर्दशन गर्ने

एमाले गण्डकीको अधिवेशन रयाली झाँकीमय प्रर्दशन गर्ने
पोखरा, ३१ भदौ/ असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने अधिवेशन पुर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल(पहाड( तराइको सम्पुर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने भएको हो। झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुम बहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरि तयारी गर्ने निर्णय गरेको हो। अधिवेशनमा घाँटु, चुडका, छ्याडु,… पुरा पढौ

मनाङेले नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार

दीपक मनाङे
पोखरा, २९ भदौ/ गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन् । मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित मनाङेले केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका हुन् । मनाङेले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टीले मनोनित गरेको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेको लेखेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पार्टीको केन्द्रीय परिषद सदस्यमा मनोनित गरेको थियो । उनले आफूसँग सल्लाह नगरी आफूलाई परिषद सदस्यमा मनोनित गरिएको भन्दै… पुरा पढौ

ज्युँदा सहिदका रुपमा परिचित रेग्मीलाई विपी स्मृति पुस्तकालयद्वारा सम्मान

ज्युँदा सहिदका रुपमा परिचित रेग्मीलाई विपी स्मृति पुस्तकालयद्वारा सम्मान
पोखरा, २८ भदौ / ज्युँदा सहिदका रुपमा परिचित स्याङ्जा जिल्लाका खगेन्द्र रेग्मीलाई विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले सम्मान गरेको छ । लामो समयदेखि विपी सिद्धान्तलाई आत्मसात गर्दै प्रजातन्त्रका पक्षमा काम गरेका रेग्मी स्वास्थ्य अवस्थाका कारण भदौ २४ गते विपी जयन्तीका अवसरमा गरिएको सम्मान कार्यक्रममा उपस्थित हुन नसकेपछि उहाँ हाल रहेकै स्थानमा पुगी सम्मान गरिएको हो । रेग्मी हाल स्वास्थ्यलाभका लागि भरतपुरस्थित पारसनगरमा आफन्त विश्वराज पौडेलको निवासमा आराम गरिरहनुभएको छ । उहाँलाई २५ हजार रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला, रुद्राक्षको माला एवम्… पुरा पढौ

काग्रेसको महाधिवेशन २०८२ मसिर मै हुन्छः गगन थापा

गगन थापा
पोखरा, २७ भदौ/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ को मंसिरभित्र गर्ने बताएका छन् । कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था रहेको बताउदै उनले १५ औं महाधिवेशन २०८२ मंसिरभित्रै गर्ने बताए । उनले क्रियाशील सदस्यता २०८१ साल भित्र सबै टुङगिने बताए । पोखरा महानगर पालिकाको दोस्रो सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले यसपटक विधानले तोकेको समयभन्दा पछि नसर्ने दाबी गरे । पार्टीमा क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी महामन्त्री थापालाई छ । https://youtu.be/nM2wBfRVf6Y उनले २०८१ चैत… पुरा पढौ